Skip to content

laxmikalauni

पेनाङ्ग

डुलाउँछु आँखा झ्यालबाहिर क्षितिजसम्म पर-पर
महल, सडक, जंगल र अनन्त निलो सगर
सबै नौलो, बिरानो, अनौठो यो पेनाङ्ग सहर
परिचित, आफ्नो, आत्मीय कोही खोजिरहन्छु निरन्तर

खन्टी पोइल बाइगै

फागुनको अन्तिमतिर ढकमक्क फक्रेका लालीगुरासका फूलहरूको सुगन्ध बोकेर बतास हतार हतार सबैलाई घचेट्दै भागेझै लाग्दथ्यो। त्यही बतासले बोकेर फिजाएझै मंगलसेनका टोलटोल र घरघरमा एउटा खबर समेत फैलियो–

खन्टी पोइल बाइगै ।

खन्टी नाम सुन्दा वा भन्दा कर्णप्रिय लाग्दैन । झन् खन्टीको सुन्दर मुहार मिलेको जिउडाल तथा सुशिल बानीव्यहोरासँग त उनको नाम पटक्कै मेल खाँदैन । नराम्रो नाम राखेमा सन्तानको अल्पायुमा मृत्यु हुँदैन भन्ने विश्वासका कारण उनका आमाबुवाले खन्टी नामाकरण गरेका थिए रे ।

तिम्रो सम्झना

भुल्न सकिन प्रिय तिम्रा रसाएका नयन
ती आँसुका हारलाई
आँखाको नानीमा हरपल देखिने
तिम्रो त्यो निर्दोष अनुहारलाई
समय घस्रिंदैछ कछुवाको चालमा
महिना झैं लाग्छ हरेक क्षण
कसरि बिर्सु प्रिय मात्र तिम्रो सम्झना
बनेको छ मुटुको धड्कन।