Skip to content


जीवन भयो अँधेरी रात
सधैँभरि पीडा र आघात

रात बिरानो, दिन उराठ, मुश्किल भयो काट्न
छाती भयो चिरा चिरा ह्रदय लाग्यो फाट्न

फूल फुल्यो हरियाली छायो विरहीलाई डस्न
मन पग्ली परेलीबाट बलेनी झैँ खस्न

म दुखी स‌ंसारै सुखी दुख साँट्न नहुने
वनको न्याउली सरी एक्लै कति रुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *