भुल्न सकिन प्रिय तिम्रा रसाएका नयन
ती आँसुका हारलाई
आँखाको नानीमा हरपल देखिने
तिम्रो त्यो निर्दोष अनुहारलाई
समय घस्रिंदैछ कछुवाको चालमा
महिना झैं लाग्छ हरेक क्षण
कसरि बिर्सु प्रिय मात्र तिम्रो सम्झना
बनेको छ मुटुको धड्कन।
रहर थियो वा थियो बाध्यता
एक्लै टेके बिदेसिको आगन
तर किन हो सैयौं सुखमा पनि
रमाउन सकेको छैन यो मन
सेतो हिउँको पत्र भित्र लासको थुप्रो झैं
लाग्दछ यो बिरानो सहर
निरस छ जीवन तिमी बिनाको
उदासी यो मनमा चारै प्रहर ।
खोज्दछु तिम्रा मायालु हातहरू
यी परेली भिजेको बेला
सुनेझैँ लाग्छ तिम्रो मधुर बोलि दुख
यो मन अति दुखेको बेला
सपनीमा मात्रै पाउँछु आफुलाई
तिम्रो न्यानो अंगालोमा
नियतिले खोस्यो ती सुखी दिन वा
फसे मृगतृष्णाको जालोमा ।

kalauni jee bhaut niko chha.
kalauni jee bhaut niko chha. Aaji niko lekha.
Suman