Skip to content

तिमी कहिले आउँछ्यो


तिमी आउँछयो भनरे म मंगलसेनमा आए
आशै आशमा पर्खी बसेँ तिम्रै गीत गाए
हरदिन हरपल तिमीलाई मनमा सजाए
कति कष्ट झेल्ने होला तिमीलाई नपाए

पहिलो चोटी तिमी आउँदा म आएकै थिइन
दोश्रोपल्ट आउँदा पनि तिमीलाई भेटनै पाइन
कहिलेकाहीँ टाढैबाट तिमीलाई हो देखेको
तिम्रो हाम्रो मिलन हुन छैन कि लेखेको

तिमी आउँदा बज्दछ रे सँगीत मधुर
रमाइलो चारैतिर आनन्द भरपूर
शरदको आकाशसरी छवि तिम्रो स्वच्छ
आशा र भरोसा बाँड्छयो सबैलाई निष्पक्ष

गाउँ शहर सबैतिर चल्यो तिम्रै कुरा
कहिले होला तिमीलाई भेट्ने मेरो धोको पुरा
नयाँ नेपाल बनाउन कहिले पाइला चाल्छयो
भन चुनाब नेपालमा तिमी कहिले आउँछयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *