Skip to content

minabantawa

“हिजो तिर भन्थ्यौ सानी”

हिजो तिर भन्थ्यौ सानी तिमीले
ढिलो आएँ भन्थ्यौ रानी तिमीले

आज कता तिर लाग्यौ मायाँलु
पार्न पायौं आतेस् जानी तिमीले

तिमीले कठपुतली संझेउ क्यारे
प्रियवर नगर मनमानी तिमीले

“म पनि पिउँदैछु मित्र”

सबैले पिउँदा हुने, के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र

सुरु गरें मैले पनि आजै देखि ठाडो घाँटी लाउँन

“हेल्लो चोर काले !”

हेल्लो! हेल्लो!!हेल्ल्लो!!!
मलाई नसोधी मेरो दिलभित्र पसेछौ नि!
सुटुक्कै ढोका खोलेर मेरो दिल भित्र पस्ने?
तिमी चोर! कसले पस्नु भन्यो हँ??

“बिहे गर्ने कुरा चलाई दिउ कि?”

तिम्ले लेखेको चिठी र फोटा,लाग्छ जलाई दिउँकी?
तिम्रो लागि बैसाखे मुना बनि, फेरी पलाई दिउँकी?

फेरी सम्झिन्छु पटक-पटक,मन मनैमा कुरा खेलाई
लाग्छ तिमी संगै बिहे गर्ने पो, कुरा चलाई दिउँकी?

“मत कवि भएछु”

बाले पढ्न पठाउँदा सिनेमा हेर्थे मत कवि भएछु
पढ्ने बेलामा गुच्छे र गोठाले अहिले मत कवि भएछु

हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
लेखक, कवि? दुई चार वटै लेख्दैमा मत कवि भएछु

मत आफै फुल्लिएर, फुर्किएर सिरमा पुगी
नत शब्द कोषको नत दर्शन ज्ञान मत कवि भएछु

कस्तो विडम्बना ! हेर्दैमा र सार्दैमा कवि रे!
अरुले लेखेको हेर्दैमा सार्दैमा तेसै मत कवि भएछु

भन्छन कवि जी आहा! कति राम्रो कविता!
त कसैले गालि गर्छन तथा नाम गरि मत कवि भएछु

जिन्दगीको मोडमा यात्रा गर्दै जाँदा दुःख पाइयो
लेख्न खोजे आफ्नै कथा आफैले नबुझ्ने मत कवि भएछु

आज-भोलि

आज भोलि म कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ!!
आफैले आज आफुलाई, मात्र विस्वास गर्छु!
हिउदे भेलको गहिराई पनि तोल्न डर लाग्छ!!
“मृदु”

“मेरो लक्ष्य” = बिमल जी लाई उत्तर!

मेरो लक्ष्य समयलाई पिछा गर्दै चल्नु थियो
सबैले ताप्न खोज्ने आगो भई बल्नु थियो

छितिजमा बादल बहकिन्छ जसरी हावा संगै
तेसरी नै मलाई पनि हावा संगै ढल्नु थियो

“छुरा धसाएका छन् आजकल”

मानवले आफुलाई नचिन्ने बानि बसाएका छन आजकल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकल

असारमा आँखा फुटेको गोरुले झैँ सबैलाई उल्टै-उल्टो देख्ने
बानि संसारिक मानवले मन भित्र पसाएका छन आजकल

“आफैँ छु बैसाखी”

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी

आफैँ छु बैसाखी आफैं छु साथी
बादलसंगै उड़दैछु पिछाई घामलाई
बोकेर चोट यो छाति भरि कति

“भुन्टे तिम्रो के नै बुन्छ”

बाँच र बचाऊ तिमी भुन्टे,तिम्रो के नै हुन्छ
हाँस र हँसाउ कसले भुन्टे,तिम्रो के नै धुन्छ

सबै संग गर सत्य कर्म,तिम्रो के नै जान्छ
तिमी गुणी हौ भने भुन्टे,खोइ के नै गुन्छ

“तिम्रो लागि अमृत र अमर”

तिमी आफुलाई हतोत्साहित नठान
तिमी हिन्नता बोध आफुलाई नगर
तिमी एक्लो छैनौ ! प्रिय !
प्रिय ! तिमीलाई भन्दैछु
दुःख नमान
चिन्ता नगर
प्रिय ! नडराउ म सँग
तिमी बिचलित कहिले हुने छैनौ

छोरी! संसारकै सृष्टी ….!

छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ

छोरी तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी

“ए देशभक्त दाई! लौन…….!”

“ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो”२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्

“तिम्रो याद मुटु मै पौडाए”

तिम्रो मायाको सागर मै डुबे प्यारा,तिम्रो याद मुटु मै पौडाए
त्यो कालो आंधी बेहरी मै डुबीरहे प्यारा,कालो बेहरिमै हराए

तिमीलाई आँखाको नानिमै सजाए प्यारा,आँखाको नानिमै दौडाए

एकचोटी आयो यस्तो मोड

एक चोटि आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि ऊसँग भयो बिछोड!!
मैले उसलाई जीवन बलिदान दिन नखोजेको त हैन!
तर एक्कासि आयो आँधीबेहरीको ठुलो स्वर!!

मिना बान्तवा,
हाल इजरायल

मेरो दोष

मेरो दोष थियो तिमीलाई आफ्नो सोची बोल्न
हृदय भरिका सारा कुरा तिमि सामु खोल्न |
तिमीलाई पहिलो भेट मै विस्वास अनि माया दिई
हरेक मेरो आफ्नै शब्दहरुले मलाई लागेको छ पोल्न |

नारी बेदना …..!

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।

दिवा सपना

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

सपनाका ति महलहर धेरै ठुलो बनाएछु |
भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा |
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

प्रिय पाठक ब्रिन्द
यो पहिले नै प्रकाशित गीत हो त्यसैले यसको जानकारी गराइएको छ।
स्वर अनि शब्द-मीना बान्तवा
सङ्गीतकार्-हस्त परीयार
म्युजिक एरेन्जर-श्याम सुनुवार
दोभान स्टुडियो
चलचित्र-“जन्म दिन”

मीना बान्तवा

आमा

आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु

पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै

बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्या‍उँथ्यौ
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ