“ए देशभक्त दाई! लौन…….!”

“ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो”२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्
गरे भने बरु ठुलो-ठुलो घर बनाई शहर तिर डेरा सरेका छन्

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
राजनीति भनेको गफ गर्ने तासे जुवाडेको अखाडा मात्र भयो
पार्टी भन्ने नाम त लुटमार गर्ने डकैति दलालको मंडी भयो
ठगि खाने बिगीनेसको माछी भाडो भए हाम्रा भोलेनटियरहरु
नेताले पैसा पाए भने आफ्नै श्रीमति पनि बम्बाई बेच्छन बरु

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
विदेशीलाई अब सुम्पिए सत्ता जनतालाई सुख दिनुको सट्टा
पार्टी बोकी चिरा पारेर आफु-आफु ठुलो हुन खोज्ने बाठा
रोडमा कराउदै हिड्ने पागल जस्तै बनाए बोकेर जनतालाई
बिदेशी झन्डा बोकाएर हिडाए,नेताले बिर्सी आफ्नो झन्डालाई

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
आफ्नो शरीरको लुगा र मासु च्यातेर आफैले खाने बनाए
यत्ति उल्लु बनाएकी! जनतालाई पागल बनाई,मारा सम्म खुवाए
बिकसित मुलुकभए मानसिक बिकृतिको,क्रिमिनल मुद्दा परिसक्थ्यो
आफै झाक्री आफै बोक्सी बनि विश्व भरि नेपालीको इज्जतै गुमाए

ए दाई! देश भक्त दाई लौन! रात् परि अग्राख पलाई सक्यो
देश कहाँ पुग्यो अन्धो भाछ्न लड्दै ठिक्क कुर्सिको होडबाजीमा
आफै राम्रो जान्ने टोपाल्दै आफ्नो धोति खुस्कया नै थाहा छैन
बिदेशमा ज्यानगयो गुहार माग्दा माग्दै नेता भने ओलम्पिकमा
गिद्धे नजर लाउने बिस्तारवादको पुछ्रेहरुलाई नकाटी भाछैना

मिना बान्तवा “मृदु” http://minabantawa.blogspot.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

6 thoughts on ““ए देशभक्त दाई! लौन…….!””

  1. मीनाजी तपाईंको देशभक्ति
    मीनाजी तपाईंको देशभक्ति सह्रानीय छ तर जुन नेतालाई दोष दिएर लेख्‍नुभा छ त्यो समाधान होइन। नेता definitely गद्दार छन् तर गद्दारीलाई नै कवितामा ठाउँ दिनु भनेको गु लाई चलाई आफ्नै मुखमा छिटा भने जस्तै हुन्छ। नेताले मात्रै कुनै हालतमा देश बिगार्न सक्दैनन् तेसका लागी जनतालाई उनीहरुले हतियार बनाएका हुन्छन् तेसैले जो हतियार बन्छ २-४ पैसाको लोभमा त्यो मान्छे नेता भन्दा पनि बढी भ्रष्‍ट हो। तेसैले हाम्रो देश नेताले हैन जनताले बिगारेको हो-आफू मूर्ख, असक्षम भएर। तेसैले नेतालाई दोष दिएर लेख्‍नुभन्दा देशलाई बनाउनका लागी के के राम्रा काम गर्न सकिन्छ तेसको बारेमा लेखे तपाईंको देशभक्ति वास्तवमै पुजनीय हुनेछ।

    1. कोइराला जी, म एक लेख्ने
      कोइराला जी, म एक लेख्ने व्यक्ति हूँ सबैको पालो आउला तपाइको कुरो पनि बुझेको छु अत्ति राम्रो लग्यो, एक जना मात्र यहाँ दोषी छैनन् तपाइले राम्ररी एक पटक फेरी दोहोरेरा तेहेरेरा हेर्नु होस मेरो कविता अनि सबैको पालै पालो लेख्दै जादा कत्ति पटक गुहुको चिट्टा आउछ आओस मलाई समस्या छैन हर लेखक हरुलाई टिप्पणीको खाचो छ, (तिन) ३ सरकार राणा शासनमा को पालामा मकैको खेति कृष्ण लालले लेख्दा देशबाट आर्यवर्त तिर जानु पर्या थ्यो, कुनै खालका पक्षा र मनोस्थिति लिएर लेखेको यो मैले होइन र आब कुरो ( जनता मुर्ख असक्षाम भएर तपाइले भन्नु भो ) तपाइको अलिक एकलकाटे सोच भयो सोचको आयाम बढाउनु विस्तार गर्नु होस्, त्यो हो, शिक्षा, शिक्षाले जनतामा चेतना अथवा (सिकाई) सिकाउने सामाजिक शिक्षकमा पनि गुण हुनु जरुरि छ पार्दर्सिक हुनु जरुरत, म जनतालाई भगवान बराबर ठान्छु, रामायणमा रावणको नाम लिनु नै पर्छ महाभारतमा कंसको तपाइलाई टिप्पणीको लागि धेरै धन्यबाद|”

      मिना बान्तवा “मृदु”

  2. hana kabita pani damdaar chha
    hana kabita pani damdaar chha ani yaha aaune ra jaane le pani damdaar nai lekhekaa chahn k ho yo nepaali saahityako bhala pahiro …….

    la la mina jee badhaai badhaai tapaiko lalkaara sabaile anusaran garnu parne chha ….

    keep it up.

    super…

  3. mina ji ramro lagyo ahileko
    mina ji ramro lagyo ahileko parstitlai sametnu bhaech. mina ji kasaile tharkauda tapaiko kalam naroknu hola kabita ramro chh.
    nice. subash gimire “‘sakar”

Leave a Reply

Your email address will not be published. Required fields are marked *