Skip to content

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

सपनाका ति महलहर धेरै ठुलो बनाएछु |
भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा |
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

प्रिय पाठक ब्रिन्द
यो पहिले नै प्रकाशित गीत हो त्यसैले यसको जानकारी गराइएको छ।
स्वर अनि शब्द-मीना बान्तवा
सङ्गीतकार्-हस्त परीयार
म्युजिक एरेन्जर-श्याम सुनुवार
दोभान स्टुडियो
चलचित्र-“जन्म दिन”

मीना बान्तवा
हाल इजरायल

11 thoughts on “दिवा सपना”

  1. मिना जी,ती दिवा सपनाहरु
    मिना जी,ती दिवा सपनाहरु राम्रो लाग्यो,
    बजारमा आएको भएपनी सुन्ने सौंभाग्य मिलेको छैन।
    यहाँलाई प्रगतिको शुभकामना छ है,
    आँफूभित्र मात्रै सिमित रहेका।
    भावनाहरु हामी सबैको लागि भनेर मझेरी मार्फत पस्किनु भयो।
    अती धेरै खुशी लाग्यो।
    आउँदो दिनमा पनि यहाँको प्रयास निरन्तर चलिरहोश।
    भन्ने कामना गर्दछु
    गीता थापा
    ईजरायल

    1. गीता जी, तपाईलाई मेरो
      गीता जी, तपाईलाई मेरो सलामी!
      यो मिनाको गज़ल (गित) प्रति ध्यान आकर्षित गरि दिनु भै पहिलो महत्व दिनु भो,
      म अत्ति खुसि भए यो खुसि असिमित छ, र मुल्यवान छ, तपाई देखि खुसि लाग्यो यो गित आज भन्दा `छ` वर्ष अगाडी राजधानी लगायत सप्प्ता कोशी एफ. एम. कोशी एफ.एम,
      बिर्तामोड कन्चंगा एफ.एम.ईलामहरुमा बाजी सकेको छ,
      समय ले साथ दिएछन भने…पस्किनेछु साथै तपाइको टिप्पणीको पनि आशा राख्दछु |”
      `मिना बान्तवा,

  2. मिना जी तपाईको गित वा गजलले
    मिना जी तपाईको गित वा गजलले धेरै मार्मिक्तालाई संगालेको छ र यो गित र गजल भनेको हाम्रो हृदयको दर्पण हुन | जहा हृदयले चोट पाउछ त्यहा गीत वा गजलको जन्म हुन्छः धेरै राम्रो लाग्यो भविष्यमा पनि यस्तै गीत वा गजल पढ्न पाउ धन्यबाद |

    B.J. Bantawa Rai
    http://bhojpures.blogspot.com

  3. मिना जी तपाईको गित वा गजलले
    मिना जी तपाईको गित वा गजलले धेरै मार्मिक्तालाई संगालेको छ र यो गित र गजल भनेको हाम्रो हृदयको दर्पण हुन | जहा हृदयले चोट पाउछ त्यहा गीत वा गजलको जन्म हुन्छः धेरै राम्रो लाग्यो भविष्यमा पनि यस्तै गीत वा गजल पढ्न पाउ धन्यबाद |

    Admin of
    http://bhojpures.blogspot.com

    1. बि. जी. सर नमस्कार!
      मेरो

      बि. जी. सर नमस्कार!
      मेरो `दिवा सपना`लाई यात्रा गरि दिनु भएकोमा मुरी-मुरी धन्येबाद,
      हजुरको वचन तथास्तु मा परिवर्तन होस् भन्ने म आशा राख्दछु |”
      मिना बान्तवा,

  4. मिना जी गीत राम्रो लग्यो अनि
    मिना जी गीत राम्रो लग्यो अनि फेरी लाग्यो कहिले त मैले सुनेको थिएँ यो गीत
    तर फेरी पनि सुन्न मन लग्यो तपाइ संग यो गीत भए के म सुन्न पाउछु ?

    ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
    कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु |
    ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |

  5. मनोज जी,Goodevening! मेरो
    मनोज जी,Goodevening! मेरो गीतलाई मन पराउनु भएछ,
    म सुन्न दिउला… comment लागि धन्यबाद !
    मिना बान्तवा,

  6. Meena
    your lyrics is really

    Meena
    your lyrics is really pretty much good and it make me eager to listen right now but its so impossible
    finally wish you good luck hain ta.
    jyan mara
    hk

  7. सफलताको लागी सुभकामना छ
    सफलताको लागी सुभकामना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *