Skip to content

आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु

पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै

बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्या‍उँथ्यौ
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ

पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौ
नानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौ
एकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौ
हातमा थमाई सिलेट र खरी ‘क’ लेख्न सिकाउथ्यौ

कु-कु हा भनि लुकामारी खेल्न तिमीले सिकाउथ्यौ
बेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौ
बदमास गर्दा कहिलेकाही घोचो लि खेद्दथ्यौ
घर वरिपरि म चाहिं भाग्थें तिमी चाहिं थाक्दथ्यौ

पाली र टाली सम्राट पार्यौ बिदेश जाने भए म
जहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टार्न
आज पनि न्यास्रो को न्यास्रै छ तिम्रो मुहार
दक्षिणकालीमा गै माग्दैछौ अरे मेरो लागि गुहार

दस महिनासम्म गर्भमा राखी यो संसार देखायौ
तोते बोलीदेखि हिंड्न ताते भनी सिकायौ
साच्चै तिमी महान छौ धन्यबाद छ कोटि कोटि
सक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति जति

हाल ईजरायल

11 thoughts on “आमा”

  1. धेरै राम्रो लेख्नु भाको छ
    धेरै राम्रो लेख्नु भाको छ मीना जि
    यसको लागी तपाईंलाई मुरी मुरी धन्यवाद
    आमाको महिमा गाउनु हाम्रो सनातन धर्म हो
    ईन्द्र कुमार सुनुवार

    1. इन्द्र जी सर्बप्रथम त म
      इन्द्र जी सर्बप्रथम त म तपाइलाई दसैंको सुभकामना दिन चाहन्छु र कविता राम्रो छ भनि दि सान्त्वना दिनु भाकोमा धन्यबाद तपाइलाई, `मिना बान्तवा,

  2. गिता जी तपाईले यहाँ एउटी जन्म
    गिता जी तपाईले यहाँ एउटी जन्म दिने आमा प्रतिको मार्महिक कविता लेख्नु भो राम्रो लाग्यो र कबिताका भावहरु पनी त्यत्तिकै सान्दर्भिक रुपमा उल्लेख गर्नुभएकोछ तपाईका अतुल्य भावनाका सँगालोहरु यसरिनै प्रिष्ठ बनेर निरन्तर अग्रिम बनिरहोस् यहिनै मेरो शुभ कामना छ|
    GANESH THAPA SM
    khadgakot- 6 lenga gulmi,

    1. गणेश जी
      गीता भन्नु भएछ म चै

      गणेश जी
      गीता भन्नु भएछ म चै मीना परे ।मेरो कबिता मन पराइदिनु भएर शुभकामना दिनु भएछ ।त्यसको लागी धेरै धेरै धन्यबाद ।तपाईंको शब्दहरु बास्तबिक्तामा परिणत होस भन्ने मेरो पनि चाहना छ ।
      मीना बान्तवा

  3. आमा को महिमा को यो तपाइको लेख
    आमा को महिमा को यो तपाइको लेख पढेर मलाइ पनि मेरी आमा को याद आयो एकान्त मा बसेर मा मेरी आमा सम्झे अनि मलाइ थाहा नै रहेन्छ म त रोएको पो थिएँ

    आउदा दिन मा पनि लेख्दै गर्नुहोला मनको पिर अनि बेदना हल्का बनाउन भएपनि म हजुरको कोशेली खोजि खोजि पदनेछु……….. सुभकामना छ

    पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौ
    नानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौ
    एकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौ
    हातमा थमाई सिलेट र खरी क लेख्न सिकाउथ्यौ

    1. धन्यवाद मनोज जी
      बास्तबमा

      धन्यवाद मनोज जी
      बास्तबमा आमाको सम्झना गर्नु हामी छोरछोरिको कर्तब्य हो नि ।आमाको सम्झनामा आशु खसाउदा आशुको मह्त्व झन झल्कन्छ ।ज होस तपाईंको आमा प्रतिको माया अझ गहिरिदै जाओस ।
      मेरो शुभकामना
      मीना बान्तवा

  4. well done kafle bandhu, i
    well done kafle bandhu, i have also more kafle friends but they are not like you teech them become like you. thanks R.P. KSA

  5. ममताको परिचय!!
    मिना जी!!

    ममताको परिचय!!
    मिना जी!! हजुरको कबितामा त्यो ममता झल्कन्छ? जो हरेक आमामा हुन्छ! जननी आखिर जननी हुन्! जो आफ्नो सन्तानको लागि आफू भोको रहन सक्छिन! त आफनो माया आफ्नो सन्तानको लागि बाडिरहन्छिन!…………………….

    दस महिनासम्म गर्भमा राखी यो संसार देखायौ
    तोते बोलीदेखि हिंड्न ताते भनी सिकायौ
    साच्चै तिमी महान छौ धन्यबाद कोटि कोटि
    सक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति जति
    वस्तबमै…………………………….!!!!
    हजुरको कबिताले त मनै रुवायो आमा अनि गाँउघरको सम्झना………उफ् ………..मेरी जननी माता अनि मेरो प्यारो जन्मभुमि ……………..जेहोस हजुरको कबिता मन छुने छ!!अनि वस्तविक छ!! अनि हजुर अझै लेख्दै जानु होला प्रगतिको कामना अनि बडा दशैको पनि शुभ_कामना हजुरलाई!!
    im niradh lohorung
    sankhuwa-sabha

    1. नमस्कार! निरध जी,
      हजुरले मेरो

      नमस्कार! निरध जी,
      हजुरले मेरो सानो सौगातलाई अमृत मानी तपाईंको स्वर्ण शब्दहरुले कबिताको भावमा सजिबत्ता थपिदिनुभएकोमा म तपाईंलाई धन्यवाद नदिकन बस्न सक्दिन।आमाको माया जती प्राकृतिक निश्चल र पवित्र हुन्छ त्यती नै आमाको कर्तब्य हामी सन्तानको लागि अहम हुन्छ।हैन र!
      मीना बान्तवा
      हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *