“मत कवि भएछु”

बाले पढ्न पठाउँदा सिनेमा हेर्थे मत कवि भएछु
पढ्ने बेलामा गुच्छे र गोठाले अहिले मत कवि भएछु

हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
लेखक, कवि? दुई चार वटै लेख्दैमा मत कवि भएछु

मत आफै फुल्लिएर, फुर्किएर सिरमा पुगी
नत शब्द कोषको नत दर्शन ज्ञान मत कवि भएछु

कस्तो विडम्बना ! हेर्दैमा र सार्दैमा कवि रे!
अरुले लेखेको हेर्दैमा सार्दैमा तेसै मत कवि भएछु

भन्छन कवि जी आहा! कति राम्रो कविता!
त कसैले गालि गर्छन तथा नाम गरि मत कवि भएछु

जिन्दगीको मोडमा यात्रा गर्दै जाँदा दुःख पाइयो
लेख्न खोजे आफ्नै कथा आफैले नबुझ्ने मत कवि भएछु

पढाउँदा एक कानले सूनी अर्कोले कानले फ्याके
कविता गज़ल लेख्न खोज्दा पज़ल भै मत कवि भएछु

पढ्ने बेलामा पुर्णे बजार दोहोरी खेल्न गएछु
अरुले टिप्पणी गर्दा मन नपर्ने घमण्डी,मत कवि भएछु

मिना बान्तवा “मृदु”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on ““मत कवि भएछु””

  1. राम्रै छ,कबिता भनेको नै मनको
    राम्रै छ,कबिता भनेको नै मनको रचना हो!हैन र मीना जी?
    अरुको चित्त नदुखाइकन आफ्नो मनको बह पोख्न सबैले पाउनु पर्छ/

  2. कविता लेख्नु भयो जस्तो लाग्यो
    कविता लेख्नु भयो जस्तो लाग्यो , गजल त होइन क्यारे यो !

  3. hain hou anu bhab ji yo gajal
    hain hou anu bhab ji yo gajal ko arthaa radif chin ahile dohori kheln gako chh ki chaapaunu galti po bhayo ki aab feri ehi farkinchh gajal banera herdai garnu hola hain kunai din

Leave a Reply

Your email address will not be published. Required fields are marked *