मानवले आफुलाई नचिन्ने बानि बसाएका छन आजकल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकल
असारमा आँखा फुटेको गोरुले झैँ सबैलाई उल्टै-उल्टो देख्ने
बानि संसारिक मानवले मन भित्र पसाएका छन आजकल
आफुलाई ऐनमा नहेरी मानवले अरुको गल्ति देख्ने बानिले
अरु दोषी बनाई सर्पले झैँ आफैलाई डसाएका छन आजकल
त्यसैले युग पछि पर्यो,तैले मात्र मिना खोइ के पो गर्छस
अनेकौ संगतिले दुनिया मज्जाले फसाएका छन आजकाल
मानवले आफुलाई नचिन्ने बानी बसाएका छन आजकाल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकाल
मिना बान्तवा “मृदु”
झापा नेपाल
हाल इजरायल
——————————————————————————–

mina ji ! GAZAL ko bhav
mina ji ! GAZAL ko bhav samsamyiktama 6. aahko samylai aadharit agayra lekhiyko rahe6. ajhai tpaile baharma GAZAL lekhna kosis garna parne ha ki !
– Gorkhesailo
gazal kuteri, narayanghar, chitawan, nepal.
नमस्कार! गोर्खे साइँला जी,
नमस्कार! गोर्खे साइँला जी, यहाँको सल्लाह बाट म धेरै आभारी छु,यहाँ लाई धेरै धन्यबाद छ !
“मृदु”