Skip to content

narayan pokharel

म मान्छे

देह छन त्यागेका शुन्यमा म मान्छे
चल्छ सास रित्तिएको तुच्छ छु म मान्छे
सर्व आफ्नु सोचदै हीडेको म मान्छे
दआ करुणा प्रेम त्यक्त्त रहेछु म मान्छे

स्वार्थ्को छ रंग मा रंगीएको मान्छे
सुगन्ध को रस विहीन त्यक्त छु म मान्छे
गौरब सबै बिर्सीएको तिक्त्त हुँ म मान्छे
तिलस्मी सर्जक छ शुन्य छु म मान्छे

दुष्ट को के कुरा

लागे छ आगो मन भित्र नै जलन को के कुरा
आशा रोपी अनन्त न पाउनु निरासाको के कुरा
झिकी खुसी अरुको नाच्छन ती दुष्ट को के कुरा
समाजका ब्याधी नै देश हाक्ने नेतृत्वको के कुरा

प्रेम रस

बुझाउने मन कसरी छैन प्रीत्को त्यो नगरी
पिर्छ मलाई पोल्छ सब थोक अधुरी
तन बदन जल्छ सुख शान्ती मरदछ
हर पल लाग्छ जीव कष्ट मात्र भोग्दछ्

न छ मिठो कहिले मन बुझाउने केही कुरा
न छ कतै शितल तन्को मार्ने केही क्षुधा
बिरक्त्तीन्छ किन मन पास कोइ खोज्दछ
हरण भो कि चेतन प्रेमरस खोज्दछ

कर्म आफ्नु

अनन्त छ यात्रा मन्को
पयर न चले पनी
जाग्छ भोक आँत भित्र
ब्यजन केही न भय पनी

जगका रीत छन आ आफ्ना नै
परीवेश हुन्छ त्याहाँ आफ्नु
मिल्नु न मिल्नु स्वार्थ हुन्न
हुन्छ त्यो कर्म आफ्नु

प्रफुल्ल पो भयछु

लब लबिएका मोती भरीएका ओठ
सक्सकाउछ किन मेरो मन मुटु
बिभोर छु म आज्
फुली रहेछन चौदीश फुल्

झुली रहेछु भ्रवँर मनले
चुमी रहेछु तिमीलाई
स्वर्णीम पल्को समझना
लेख्दै छु यो पत्र तिमी लाई

अभाव थियो प्रीत्को
जागी उठेछ मन
तिम्रा नयन बाण ले
भरीयो तन बदन

सौन्दर्य परी झैं
भाव देउ तिमीले
छरी सुगन्ध प्रीतीको
मुग्ध पारेउ तिमीले

चिर्छ मेरो छाती

धुक धुकिन्छ मुटु धडकन्छ छाती
छैन साथ आफ्नै मुटु जोडने साथी
बिरहमा हुन्छु म बिरही कै भाँती
साथ छैन आफ्नु मुटु जोडने साथी

समग्र थियो मन संग रमाए कै भाँती
दह बन्यो आँशुको छैन पुछ्ने साथी
खेल खेल्छ दुनियाँको प्यारको धाती
बैगुने झैं भयो माया चिर्छ मेरो छाती

मन साथ तिमी

के भनुँ के सुनुँ मर्म भेदछौ किन तिमी
रात्मै पनी सजग थियौ चंपल मन छौ तिमी
सुरम्य फाँट थियौ बनेउ सुन्दर झरी परी
रसाइ चौदीस भयो हरीयाली मोहक तिमी

कतै थियो हुरी बतास पल्लव हरु नाच्दै
छम छमाइ आयौ तिमी मधु रस बर्षाउँदै
भयो मन चंचल गद गद भयो तन पनी
माथी मेघ गर्जन मन साथ खुसी तिमी

मन मनथन

इच्छा रहीत बन्न सकेनौ सदीच्छा कै छ त्याग्
नव नवरसमा रम्छ चेतन स्वच्छाताको गर्छ दाह्
गम छ मान्छे हर पल यहाँ खोज्छ सुख चिन्तन
मारी अरुकन भार जीवन पाउँ छ कन्हा मन मन्थन

बिस्थापित समय

आशाहरु निदाइ गय निराशा पलाए
सफर यो जीन्दगी को बाटो मै हराए
उदायो सुर्य त्यो तापको रापले
जग्मगाइ उठ्यो चेतन बिकासका भावले

अनाहक बर्षाले लि आएछ पहीरो
जे थियो शरीर त्यो भयो थिल्थिलो
कतै लडे घर हरु कतै मानीस पुरिए
दुर्दसा को कहर कती घर फोरीए

बिस्थापित भए मनहरु बिस्थापित गाउँ भो
जीवन बग्दा बग्दै टक्क कतै त्यो अडियो
पाउ हरु लर्बाराए छैन टेक्ने कुनै ठाँउ
अनभिज्ञ नै सर्कार भो पायन छोपन कुनै ठाँउ

दुर्दसा उस्को भयो दैब मरी गए छ
चित्कारले सारा जग शान्त मा रमेछ
भोली उठी जगाउने आउला कि बिहानी
देश्का गाउ गाउ सजाउने होला की बिहानी

तस्बिर ले

आज हेरें तस्बिर तिम्रो बोलुँ बोलुँ लागयो
मन्को कुरा तिमीसंग खोलुँ खोलुँ लागयो
बतासको नजर पर्‍यो शरीर छोइ गयो
अनुभुती मिठो तिम्रो मलाई मोही गयो

अलंकारिक मन

कोमल मन्का भाव अनेकन
ह्रदयका झंकार्
झन्झन बज्छ मन्मा
छमा छम का ती प्यार

दीप्त नशा रोम रोम
गर्दछ मन सृङार्
पग पग चल्छ भाव धराका
बोल्छन कती अलंकार

हराउनु जीन्दगी

न लेखें केही न देखें भावना जीन्दगीको
शोक छ केही भोक झैं वह जीन्दगी को
रमाउछ कतै मन छैन शोक भन्दछ
कलह छ मन भरी सुप्त अग्नी जल्दछ्

जल्नु जलाउनु मनोभाव हो यो जीन्दगी को
हराउँदै जानु नै स्वर्ग रह्यो यो जीन्दगीको

सफर जिन्दगीको

एक्लो सफर जिन्दगीको प्रीत भन्ने राग
देखें राम्रा सपनी ती मनका अनुराग

वसन्तको मन्द हावा दिल छुने भाव
पवनले सुनाउँछ छ मायालुका राप

मन शरिर स्वार्थ

मन नै तमाम छन
कतै रुकी झुक्दछन
चाहना हो कि यो फेरी
बोल्छन पछी सर्दछन

आँखा अग्नी बन्दछ
जलाउछ सब शरीर
उभियकैछु एकान्त्मा
फगत भइ अधीर

छन सबै बहाना
आउन्न कतै इ भावना
छैन जीवन्त मनहरु
देखिन्छ स्वार्थपना

सरिया कानुन

सरिया कानुन

रित्ता छन मन्हरु शान्त भयछ आकास
इमान्ले फ्याँक्छ ढुङो भयछ उ काँतर
नाम अल्लाहको काम कायर गर्दछन
अबला माथी ती ढुङा बर्षाउछन

अकबर भन्छ मुख कर्म छ नीच स्तर
लिन्छ प्राण नारी को बेदना को सागर
मुलाहरु छन सारा दैब यी चिनाउने
भ्रष्ट छन आफैं चिता अरु जलाउने

image

स्वार्थ माया

जोडीएको छ मान्छे आब्श्यक्तामा
कन्हा छ र माया
सृङार ! यो अभिनय को
देख्छौं केवल छाँया
आत्मा संग मिल्ने आत्मा
कतै पाइन सक्छ र
बिना स्वार्थ मान्छे
के बाँच्न सक्छ र?

चक्र

चक्र छन समयका म हतास् छु
शुन्यमा छु म बेहवास छु
पाउन्न बाटो हिडौं म कुन डगर
देखाउँ छ को ? पाइन त्यो नगर

सुगन्धित पल्लब मन्जरी फुलका
मोहिनी अप्सरा सरी लता झुलेका
खैं मन समाउनाका सार ती
बनाउछ मदहोस प्रफुल्लित राग ती

किनार छैन जीन्दगी को

किनार छैन जीन्दगी को गहीराइ मा फसेछु
माया प्रीती पराइ को आफ्नै भनी सोचेछु
कटाक्ष्ले मार्दछिन कहिले आँशु झार्दछिन
स्वार्थमा हुन्छिन उनी सबै दाउ मार्दछिन

किनार छैनकी जीन्दगी लुब्ध पार्यो कि बैंश्ले
गाजले को गाजल तृष्णा बोक्यो की आँखाले
सुन्दर सपना छैन केहि घोप्टी आज रुँदै छु
चोट यो जीन्दगी को साथी म नी भोग्दै छु