narayan pokharel
विदेशिएको कथा
जीन्दगी छ बेहाल साथी पाखो भा छ बाँझो
गरी खान उमेरमा उ माओ बादी लाज्ञो
भागी भागी हिडनु पर्यो पस्नु पर्यो बिदेश
स्वदेश्मा काम थियन छाडी हिंडेउ प्रदेस्
कथा हाम्रा बिकट्का तातो बालुवा भित्र
संझी बस्छौं परीवार तातो हावा चित्र
सुन्छु कती ताताले मरी गा को कथा
थोरै पाइ रकम हाम्ले बल्झी रैछ ब्यथा
संझी घर झल झली खोले मिठो पिठो
चिसो पानी मिठो हावा हिंड्थियौं छिटो छिटो
लै वेरीका भाखामिठा ती पहाडका छहरा
गुन्जाइ गीत हिडदा घनकने ती पहरा
सम्झना बाँची रैछौं छैन रती ज्यान
किन आयौं लागी रै छ रैन छ ज्ञान्
यर्थातता
बाली दीयो आशाको बाँच्ने दुराशय हो
रित्तो राखी खोक्रो दील बाच्ने नै मन्साय हो
देखी उज्यालो मन्मा पस्दैन है त्यो नव किरण्
खान्छ भित्रै भित्रै त्यो त कालकै हुन्छ भक्षण
मरौं जती भइ बलिष्ट आत्मा बन्दीन्छ काँतर
अघी बढौं चाह हो बढदैन पग त्यो निरन्तर
न मानों दैब रीत बन्छन अनी मत मतान्तर
असक्त्त त्यो पल्टन्छ न सक्ने भइ कालान्तर
अव्वरमा छ जीन्दगी !
आमा छन पछ्यौरी सामल बोकेकी
छोरो छ टाढा कतै बालुवाले छोपो कि
मधुरो बत्ती छ आँखा छन रसीला
आउला खुसी कहिले हो देशका नेता सडेका
पौरख सानाका खान्छन ठुला धुतेरै
घरवार उन्को ठुलो कुकुर खान्छ लाखौं रे
कस्तो संकट भोग्नु पर्ने छाप्रोछैन बसने
कमाइ गरी खानु पर्ने छैन ओछ्यान ओढने !
चोर हुन कि ६०१ कोइ त सद्धे होलानकी
पीडीत्का भाषामा कोइ बोली बोल्लान कि
जता गयो गरीव मारा भडकाइ खसम मारे थ्यो
लुछी कत्ती छोराहरु आमा टुहुरो पार्यो थ्यो
सर्वहारा अरवपति जय भनउ के देश
गरी खाने ठाँउ छैन भा का गय बिदेश
हो , प्रेमी पागल हुन्छन !
हेरी रहन्छु रुप तिम्रो
घोरीइ रहेछु ,दिनानु दिन
थकित भनउली ?
तर , यी आँ खा यक्लब्य बनेछन
तिम्रा तस्बिरमा
गाडेर आँखा ,भावना कोट्त्याइ रहेछु
न देउ मधु रस
तरइ म पी रहेछु !
अब्यक्त्त भावना मा
मेरा !प्रेम्का लहरी झुली रहेछन
तिमी भित्रको माद कत्ता संग खेली रहेछन
भनौली
यो त पागलपन हो
हो , प्रेमी पागल हुन्छन
मन्मा पागल हुन्छन
मष्तिष्क्मा पागल हुन्छ्न्
सरीर सुम्पेका हुन्छन समाज्लाई
चल्ता फिर्ता निर्जिब हुन !
समस्त चेतन का पुन्ज हुन्छन
प्रेमी पागल हुन्छन
हो ,
प्रेमी पागल हुन्छन
मन !
खै कन्हा कोरियछ मन
किन होला कसैले ताछे छ मन्
रक्त्त प्रवाहमा लट्पटियर छर्पष्ट छ मन !
छैन कि मलम कुनै
औषधी कुनै
बिस्राम लिन खोज्छ मन !
घेरीयर तृश्नामा निथरुक्क भयछ मन
शायद कामना का बजारमा
उर्बर मस्तिष्क्ले ! लुत्पुटायछ कि मन् ?
तस्विर साँचेर उन्कै उठछ
बस्छ मन !
के छ अरुको मन्हरु ?
न सकेको छु नज्ञाउन
न बोकेर हिडन सकेको छु !
शक्तिहीन कोल्टे फेरी दीन्छु
ट्वाल्ल हेरी दिन्छु
मन भित्र छर्पष्ट सजियका ,
ती मायाका तस्वीर्लाई
बिर्सन खोजी रहेछ मन
कतै टाडा क्षितिज पारी
उडन खोजी रहेछ
बतास सं ग अंगालीदै
बादल सङ सिङैरिंदै हिडन , कतै खोजी रहेछ मन्
विमती! मेरी स्रीमती
बिमती हुन मेरी स्रीमती
चाका चुली को गती
रात दीन को हुन्छ परीधी
सहमती छैन , छ बिमती
बिमती हुन मेरी स्रीमती
प्रचन्डकै हो कि छबी
चन्द्र दिंदा,खोज्छिन रबी
भष्मासुर हुन्छिन गर्छिन खती
भागे भन्थे पार्बती पती
बिमती हुन ! मेरी स्रीमती
रोज रोज कै छ दङा
लाईदिउँ भन्छिन सिस्ने पङा
रस राग को सधै छ खती
अंध्यारो , अंध्यारो ! छैन बत्ती
बिमती हुन ! मेरी स्रीमती
नेपाली म !
समय!
म बिहिन छ
म! समय विहिन
आउने दिनहरु मेरा गन्तब्य
पाखा लागेको झया**स झैँ
किनारामा पछारियको छ !
थाहा न भयर गंतब्यय
तप्त घाममा सुकेर
हावाले ,उडाई रहेछ
र, म उडि रहेछु !
कहिले अरबको बालुवा ,कहिले
युरो को चिसो ,
युध्दमा होमियको
कहिले मरेको
कहिले बा**चेको
घर बस्ती बिहिन
अस्तित्व को खोजमा
मृत्यु संग लडी रहेको
म नेपाली,

सपनी छन ओरालो कहिले पुग्ने लक्ष्य
समयका धारसँग बयली खेल्छु