Skip to content

सफर जिन्दगीको


एक्लो सफर जिन्दगीको प्रीत भन्ने राग
देखें राम्रा सपनी ती मनका अनुराग

वसन्तको मन्द हावा दिल छुने भाव
पवनले सुनाउँछ छ मायालुका राप

कुसुम झैं फक्रिएका लाली ओठ खोज्छन
कमल्पत्र आँखा ठुला बैंसलाई नै छोप्छन

सर सर सरसराउदै पलाउँछ आसा
सर सर बदनमा पलायो प्यास

फूल फुल्छ मन भरी पसारेर बाह
अंगालो त्यो प्रियको कस्तो मिठो ख्वाब

एक्लो सफर जिन्दगीको प्रीत भन्ने राग
देखें राम्रा सपनी ती मनमा अनुराग

Leave a Reply

Your email address will not be published. Required fields are marked *