Skip to content

prakriti

एक अविस्मरणीय रात

जून बिनाको कालो रातमा मेघले गड्गडाहट बाजा बजाएको छ बर्षाले आफ्नो जलधारा केश फिजाई सक्दो नृत्यकला देखाएकी छ मलाई उसको केशको छिर्का पर्न बाट छेक्ने म माथिको जस्ता रहित छतलाई उसको नृत्य मंच बनाइ अनि घरीघरी आकाशकी बिजुली चम्कन्छे सायद त्यो सबै दृश्यलाई कैद गर्नको लागि आफ्नो नयनमा,चम्किलो प्रकाश लिएर साथमा म भने आफ्नो िबस्तारामा लम्पसार छु निद्रादेवीको प्रार्थना गर्छु कहिले उनी आउछिन भनि त्यसै माझ लामखुट्टेले यानीमाया भाकाको गीत गाउँदै आउछ, मलाइ कोट्टाएर बोलाउछ सायद यो नीशाचर रातको नृत्य नाटक हेर्नलाई म छुटेँ कि भनेर या यो रात बिताउन र उसको गीतको बोलमा मलाई नचाउन साथ मेरो खोज्दै होला।त्यसैले भाक्छ

जीवन र समय

उजाड भयो जीवन वैशाखे मैदान सरी
पाकिसक्यो यो मन जेठको गर्मी सरी
लतपतियो मेरो तन असारे हिलो सरी
धमिलियो यो जोवन साउने बाढी सरी

सम्झन्छु आमा तिमीलाई

आँखा लोभ्यैन्जेल देखिने सागरमा सयर गर्दा,
कहिले उजाड मरुभूमिमा पसिना पुछ्दै गर्दा,
पहाड, चट्टानमा भौतारिएर हिड्दै,
मुसलधारे बर्षामा चुटिएर
हिलोमा पौड्दै गर्दा,
शरदको चिसोले मुटु कठ

सुखदुःखको संसार

पोल्छ गर्मीमा कहिले चुहिन्छ धारा पसिनाको
उडाउँछ गर्मीमा कहिले बनी हुरीबतास चैतको
तर फुल्छ गर्मीमा बसन्त नाच्छ पहाड भरिलो
हाल्छन गर्मीमा वृक्षले पालुवा झुल्छ मैदान हरियो

वीरहरूको देश

तिम्रो साथ म आज संसार खोतल्दैछु
इतिहासको पाना फर्काई फेरि म भन्दैछु
“लेख, तिमी लेख बीर सहिदको गाथा यो
तिनैको नाउँ अमर भएको यो एक कथा हो”

हे! पैसा

कतै केही नसोची कति गाह्रो गरी आयो
केही छिन पनि नबस्ने भनि हतार मै गयो
दीनदुखी गरीबहरूको साथबाट सधै टाढा जान्छ
धनीमानी पूँजीपतिहरूको दास बनि सधैं नाच्छ

सुर्यको जीवन

सुर्यको जीवन

कति स्वच्छ,शान्त बिहान छायो|
त्यसै माझ मुस्कुराउदै सुर्य उदायो|
आफ्नो रातो वर्णका साथ आयो|
नौलो बिहानीको सुरुवात गरायो|
स्वप्नलाई विपनामा ल्यायो|

बढ्दै हुर्कदै यौवनकालमा आयो|
दिउसोको प्रचण्ड गर्मीलाई निम्त्यायो|
खेतमा काम गर्नेहरुलाई थकायो|
एकछिन आराम गर भनि अह्रायो|
सुनौलो जोस् सबैमा छायो|

यौवनलाई काबुमा राख्दै बढ्यो|
बेलुकाको मधुरता छाउन लाग्यो|
अर्को बिहानीको संकेत गर्दै गयो|
आँखा भरि आँसु झार्दै बिदावारी भयो|
अर्को दिन भेट्ने बाचा गर्दै हरायो|