एक अविस्मरणीय रात
जून बिनाको कालो रातमा मेघले गड्गडाहट बाजा बजाएको छ बर्षाले आफ्नो जलधारा केश फिजाई सक्दो नृत्यकला देखाएकी छ मलाई उसको केशको छिर्का पर्न बाट छेक्ने म माथिको जस्ता रहित छतलाई उसको नृत्य मंच बनाइ अनि घरीघरी आकाशकी बिजुली चम्कन्छे सायद त्यो सबै दृश्यलाई कैद गर्नको लागि आफ्नो नयनमा,चम्किलो प्रकाश लिएर साथमा म भने आफ्नो िबस्तारामा लम्पसार छु निद्रादेवीको प्रार्थना गर्छु कहिले उनी आउछिन भनि त्यसै माझ लामखुट्टेले यानीमाया भाकाको गीत गाउँदै आउछ, मलाइ कोट्टाएर बोलाउछ सायद यो नीशाचर रातको नृत्य नाटक हेर्नलाई म छुटेँ कि भनेर या यो रात बिताउन र उसको गीतको बोलमा मलाई नचाउन साथ मेरो खोज्दै होला।त्यसैले भाक्छ
