सुर्यको जीवन
कति स्वच्छ,शान्त बिहान छायो|
त्यसै माझ मुस्कुराउदै सुर्य उदायो|
आफ्नो रातो वर्णका साथ आयो|
नौलो बिहानीको सुरुवात गरायो|
स्वप्नलाई विपनामा ल्यायो|
बढ्दै हुर्कदै यौवनकालमा आयो|
दिउसोको प्रचण्ड गर्मीलाई निम्त्यायो|
खेतमा काम गर्नेहरुलाई थकायो|
एकछिन आराम गर भनि अह्रायो|
सुनौलो जोस् सबैमा छायो|
यौवनलाई काबुमा राख्दै बढ्यो|
बेलुकाको मधुरता छाउन लाग्यो|
अर्को बिहानीको संकेत गर्दै गयो|
आँखा भरि आँसु झार्दै बिदावारी भयो|
अर्को दिन भेट्ने बाचा गर्दै हरायो|
