Skip to content


तिम्रो साथ म आज संसार खोतल्दैछु
इतिहासको पाना फर्काई फेरि म भन्दैछु
“लेख, तिमी लेख बीर सहिदको गाथा यो
तिनैको नाउँ अमर भएको यो एक कथा हो”

नझुक्ने कहिल्यै, नडगने कहिल्यै नेपाली शिर हो
बिदेशी शक्तिको सामु डटेर लड्ने नेपाली बीर हो
बीरको रगतले सिंचित भूमि स्वतन्त्र यो देश
बेचेनन् आत्मा कहिल्यै, लडे नबदली खराब भेष

विश्वमा उँचा माथको साथ उभिएको शितल हिमाल
लोभ्याउने आँखा, सुन्दर भूमिको काख छ यो कमाल
शान्तिका वाहक बुद्धको भूमि निश्चल पवित्र यो देश
त्यागी र तपस्वी जन्मेथें यहि फिजाउदै ज्ञानको संदेश

अविरल झरना झरेका हेर गाउदै नेपाली पनका कथा
प्रकृति आफ्नो अनुहार खुलाई हाँस्छिन लुकाई व्यथा
नेपाल भूमि तपोबाट उठ्छिन शान्तिको खोजीमा
रूँदी हुन कति वीरका सन्तान लडेको देखि आपसमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *