Skip to content

सुखदुःखको संसार


पोल्छ गर्मीमा कहिले चुहिन्छ धारा पसिनाको
उडाउँछ गर्मीमा कहिले बनी हुरीबतास चैतको
तर फुल्छ गर्मीमा बसन्त नाच्छ पहाड भरिलो
हाल्छन गर्मीमा वृक्षले पालुवा झुल्छ मैदान हरियो

उर्लन्छ भेल वर्षामा लाग्दछ डर बाढी पहिरोको
रूझाउँछ वर्षामा पानी परी बनाई जमिन हिलो
तर फल्छ वर्षामा अन्नधान सबको जीवन दियो
नाच्छ वर्षामा किसान समाई हलो र कोदालो

कठँग्रयाउँछ ठण्डीमा पारी तुषारपात जमाउने मुटु मेरो
पुर्दछ ठण्डीमा परी हिमपात आँछ्यू शीतलहर यो
तर पर्दछ ठण्डीमा फुरफुर हिँउ लोभ्याउने आँखा यो
हाँस्छ ठण्डीमा स्वेत हिमाल जित्दै मन सबको

सोच्छु जीवनमा हो दुई पाटा यो एक सिक्काको
पाएको जीवनमा मैले अमुल्य उपहार यो खुसीको
तर हुन्छ जीवनमा सुखदुःख एकपछि पालो अर्कोको
सम्झना जीवनमा हुन्छ आज पल त्यो हिजोको

Leave a Reply

Your email address will not be published. Required fields are marked *