Skip to content

rakeshkarki

Rakesh Karki2

लाज

लाज

चिच्याउदै झगडा भयो, कसको भूल भयो
उही माया कैले काँढा कैले फूल भयो
उसलाई भयो लाज, उनीलाई पनि लाज
किनकी रमिता हेर्ने मानिसको हूल भयो ।।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

अमेरिका आउनासाथ

अमेरिका आउनासाथ नै मस्ती कहाँ हुन्छ यहाँ
आउनेलाई था छ कसोरी परिवेशले थुन्छ यहाँ

लोग्ने छोडी आउनु पर्ने स्वास्नी छोडी आउनु पर्ने
बच्चा छोडेर आउनेको मन त कठै रुन्छ यहाँ

एक्लै बोल्ने बानी

एक्लै बोल्ने बानी हो कि कोही एक्लै बोली दिन्छन्
फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र
त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

नचिप्लीनुस मंत्रीज्यू

नचिप्लीनुस मंत्रीज्यू

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

अब धेरै नचिप्लीनुस मंत्रीज्यू
यो तपाईकै गाउँ हो
तपाईले नै क्रान्ती सिकाएको
रक्तरंजित ठाउँ हो

बिर्सिनु भो होला शायद
तपाईँ पनि हामी जस्तै हुनुहुन्थ्यो
अहिले पो सुटेड बुटेड हुनुभो
पहिले पसिना पुछ्दै यो माटो छुनुहुन्थ्यो

माथी भत्किएको स्कुल देखाउँ भने
तपाईँको बहुमुल्य जुत्ता दु:ख्ला
भोका नाङ्गा आफ्नै गाउँले
हेर्न नसकेर घाँटी सुक्ला

के हो यो सामन्ती गीत बज्ने
करौँडोको गाडी
सर्वहारावर्गसंग गाएको
जनताको गीत छाडी

देश विदेश फुल्ने महोदय
फेरी गाउँमा पलाउनु होला र
मकै धान त खाँदै हिँड्नेले

दोधार

दोधार
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

लस् एन्जेलसका साथीहरु जम्मा भयौँ
नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ
साँगीतिक साँझ सिनेमामा रमाउँदै
पार्टी डिजेमा कम्मर मर्कायौँ
सेलिब्रेटिजहरुको शहर यो
ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ
खितितिति खित्का रमाइलो गफै
विकसित देशमा चाला अर्कै
को भन्दा को कम हामी जम्मै
कस्तो कस्तो हेर फेशन आम्मै
एकादेशका राजकुमार राजकुमारी जस्तै
गगनचुम्बी महल हामी मस्तै
चिप्लिने कारमा आइफोन जोडी
हाइ हेलो ह्वाट्स अप बडी

कोठामा आएँ मस्त निदाएँ
सपनीबीच कता कता हराएँ
झुम्रो बेरी झुप्रो भित्र
अन्योलमा परेका करोडौँ मित्र
कुप्रो परी तोक्मा टेक्दै

कामदार

कामदार
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

दिउँसो पनि काम राती पनि काम
सुस्ताउँदैन कामदार जून होस् कि घाम
साह्रै थाक्या जस्तो पसिना पुछ्दै
बोल्दैन भन्दैन ब्यथा मन भित्रै

यता गर्छ उता गर्छ फटाफट् फटाफट्
नयाँ काम गर्न तयार हुन्छ झट्पट्
घण्टा घण्टा जोड्दै गर्छ वोभर टाइम
पेनी पेनी बटुल्दै बचाउँछ डाइम

कोही साहुनी कस्ति कोही साहु कस्ता
प्याच्च भनिहाल्छन् एकैछिन बस्दा
सहीदिन्छ कठैबर भइ मरेतुल्य
दशथोपा पसिनाको एकथोपा मूल्य

भविष्यको सपना यही भो बाटो
क्षण क्षण सम्झिन्छ गाउँको माटो
दिन महिना गर्दै बिते कति बर्ष
कामदारको जिन्दगीमा कहिले आउला हर्ष ।।

फेसबुकको उज्यालो

फेसबुकको उज्यालो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

पहिले ऊ उनैमा हराएकोथ्यो
एकदम औधी मन पराएकोथ्यो
पोज पोजको फोटो सजाएकोथ्यो
फेसबुकमा जताततै छाएकोथ्यो

लाइक गर्नेका ताँती थिए
नाता गोता साथी थिए
कमेन्ट उन्को, दङ्ग रमाउथ्यो
उन्कै तारीफले वाल जमाउथ्यो

सँगै सँगैको फोटोमा ट्याग गर्थ्यो
लैला मजनु झैँ भान हुन्थ्यो
गोप्य थिएन सबै पब्लिक थियो
अहा त्यो साथ, कति खुशी थियो

त्यतिखेर ऊ फेसबुकमा उज्यालो छर्थ्यो
मलाई पनि त्यो उज्यालो मन पर्थ्यो
जो कोहीको फ्रेन्डलिष्टमा उ बल्थ्यो
सेकेण्ड मिनेट दिनचर्या मजामै चल्थ्यो

फेसबुकमा बादल धमिलिँदै गयो

अब देशमा अर्को आन्दोलन चाहिन्छ

अब देशमा अर्को आन्दोलन चाहिन्छ

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

कानुन बनाउछु भन्नेले
गैर कानुनी गर्न थाले
कहिले सासु कहिले बुहारी गर्दै
कुर्सी मात्र फेर्न थाले
छसय एक भुँडी बढाएर
भोका नांगाको बली चढाएर
जनता झुक्काउनेलाई
अलमल्लाउनेलाई
सबक सिकाउने झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

विदेशीको इशारामा
देशको माटो उडाउन थाले
हिमाल तराई भनेर
हाम्रो देश टुक्राउन थाले
जनताको पसिना पिएर
सदन हल्लाउनेलाई
जनताको घोडा चढेर
कानुन समाउनेलाई
जनताकै दह्रो झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

अब पिएर के गर्नु

अब पिएर के गर्नु

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

अब पिएर के गर्नु
आफैँले आफैँलाई गिराए पछि
झन् झन् गिर्दै जाने छौ
नशाले मोहनी लगाए पछि

खोइ त्यो सुरक्षा वरिपरी
शान इज्जत थरीथरी
शक्तिधारी रानो पाए पछि
उडेर गए सबै मौरी

कता भाग्ने कता लाग्ने
सामर्थ छैन फेरी जाग्ने
निभाउने, बल्ने माथि माथी
अँध्यारोमा लड्यो साथी

समयले हो कि बिराएर हो
धन सम्पतिले तिर्मिराएर हो
गर्नु नगर्नु गर्दै जाँदा
पल्टियो जनताकै रगत खाँदा

त्यो मजा त्यो आनन्द
खुल्दैन अब सधैँलाई बन्द
ढोग्नेहरुले सरापी थुक्न थाले
बिराजमान हुने सामु झुक्न थाले

कोही भन्छन् तँ जनता भइस्

विश्वासका बिहानी

विश्वासका बिहानी

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

विश्वासका हरेक बिहानी छरिदियौ ममा
मुटुका छिद्राहरुमा माया भरिदियौ ममा

एउटा रुकाई जिन्दगीको अन्त्य हैन रैछ
पाइला पाइला खुशी छोड्दै सरिदियौ ममा

नजिक आउँदै ढुक्ढुकीले मेरो मन छुँदै
न्यानो न्यानो पन्ले लुट्पुटिदै झरिदियौ ममा

सुम्सुमाउँदै दु:खाई मेरो आफूमा थापेर
थोपा थोपा लौ मुस्कान बन्दै परिदियौ ममा

उज्यालो देखिँरहेँ जीवनमा तिम्रो प्रिती छायो
रमाई रहेँ रसिलो प्रेम गरिदियौ ममा

कल्ले भन्छ विदेशमा

कल्ले भन्छ विदेशमा

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

कल्ले भन्छ विदेशमा संस्कृति छुट्छ
कामै मात्रले सांसारिक मायामोह भुल्छ
यहाँ त हरेक मृत्युमा बरखी बारेका छन्
शिरदेखि पैतालासम्म सेतै हिऊँ ओढेका छन्

कल्ले भन्छ विदेशमा भाषा विर्सन्छ
अमेरिकन पनले नेपालीपन छोपिन्छ
यहाँ त आतंकले अन्योल नेपाल बोल्छ
दाजुभाइको वियोगले अमेरिकै पोल्छ

कल्ले भन्छ विदेशमा जो कोही हराउँछ
आफ्नो आफन्त भुली एक्लै रमाउँछ
यहाँ त बेरोजगारी हातगोडा चलेका छन्
र पनि घाइते गाउँबेशी दु:खेका छन्

नेपाली वंश जगेर्ना गर्न कोही
टेष्टट्युब वेवी जन्माएका छन्

दरबार र झुप्रो

दरबार र झुप्रो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

के दरबार अब झुप्रो बन्छ त ?
या झुप्रो दरबार जस्तै बन्छ त ?
आन्दोलन आयो हट्यो दरबार
अब झुप्रो चाहीँ के हुन्छ त ?

नाम बदलियो दरबारको
के झुप्रोको नाम पनि बदलिन्छ त ?
दरबारबाट निस्कनेलाई दिएको सुरक्षा
के झुप्रोमा बस्नेलाई मिल्छ त ?

इतिहास पढियो दरबारको
के झुप्रोको पाठ पनि पढाईन्छ त ?
छोडीएको दरबारभित्र अनगिन्ती
झुप्रोहरुलाई सजाइन्छ त ?

दरबारको भविष्य सकियो भन्छन्
झुप्रोको भविष्य कतातिर ?
दरबार निभेपछी झुप्रो बल्छ की
या दुबै जाने हो अन्धकार तिर ?

मेरी श्रीमती

मेरी श्रीमती

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

(१)
आज पनि उस्तै रौनक जस्तो हिजो अस्ति
मेरी श्रीमती मेरो दिलमा गुलाफ फुले जस्ति
लोलाएको सन्ध्यामा संगै सुस्ताउँछिन्
हरेक बिहानी मेरो सामु मीठो मुस्काउँछिन्
(२)
भगुवान तिम्रो बरदान श्रीमतीको माया
जस्तो चर्को घाममा पनि मलाई उन्को छायाँ
हौसलाकी खानी बन्छिन् प्रत्येक बिचलनमा
वेशर्त आँट र विश्वास बोकी मनमा
(३)
उज्यालो बटुलेर सधैँ साथ सजाउँछिन्
मादक हेराइले उभाइ खुशी छल्काउँछिन्
चोखो उनको हृदयमा म धड्किन्छु
नि:स्वार्थ उनको साथ बोकी माथी उक्सिन्छु
(४)
गर्वले हरदम मेरै छेउमा उभिन्छन्