Skip to content

rakeshkarki

परेड

परेड खेल्दाखेल्दै जिन्दगी बित्ने भो
बन्दुक भिर्दा-भिर्दै जिन्दगी बित्ने भो ।।

आफ्नै दाजुभाइसँग म कति लडुँ
आफ्नै दिदीबैनी कुल्ची अघि कता बढुँ
तोडफोड गर्दागर्दै जिन्दगी बित्ने भो
नाराबाजी गर्दागर्दै जिन्दगी बित्ने भो ।।

गाउँलेहरू

रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरू
जति जोताए पनि मुस्काउने गाउँलेहरू
भोकभोकै बगेका पसिना सुकाउनेहरू
मन भरीको दुःख आफैभित्र लुकाउनेहरू

तर पनि भोलिको मिठो आशमा रमाएकाहरू
एक्कैछिन आनन्दले हातगोडा फिंजाएकाहरू
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।

त्यो बच्चो

त्यो बच्चो भोकै रोईरहेछ
रित्तो आमाको काख छोईरहेछ
सकी नसकी घरी घरी
स्तन चुस्न खोजिरहेछ

बोली छैन बोल्न खोज्छ
मनको कुरो खोल्न खोज्छ
झर्कीरहेछिन् आमा भोकले
बिचरो कहालिँदै अझ रुन्छ

आँधी, बतास, समुद्र गहमा

आँधी, बतास, समुद्र गहमा यत्तिखेर
बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर

जीन्दगीको ओझेलमा कसरी रमाउँ
मिठास छैन गुलियो महमा यत्तिखेर

थियो जो अब छैन मनको छेवैमा
दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर

राजा घट्यो

राजनीतिको खेल
या क्रान्तिको भेल
कलमको पढाइ
या बन्दुकको लडाइँ
ईतिहासको पन्नामा हिसाब गर्यो
गणतन्त्रमा गणित आयो
एउटा राष्ट्पति जोडियो
एउटा राजा घट्यो

भ्वाइलन बजायो

भ्वाइलन बजायो बिरक्त तालमा कसैले
दु:खमा पर्यो की हार्यो माया जालमा कसैले

समुद्रको छेउमा एक्लै के के सोचेर
पर पर बगायो की आँशु छालमा कसैले

लोभ्याएर झुक्याएर नफुस्कने गरेर

स्वायत्त प्रदेश

सबै नेपालीको एउटै देश
बाँडीने भो प्रदेश प्रदेश
भाषाको आधारमा स्वायत्त प्रदेश
जातीको आधारमा स्वायत्त प्रदेश

एकबाट अनेक हुँदा हामी भिन्न
समुह समुह क्षेत्र विभिन्न
भन्दा भन्दै छिमेकीलाई मित्र

प्रियतम आउने बाटो भरी

प्रियतम आउने बाटोभरि
झिलीमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ

किरण हत्केलाले छोप्न खोजें
चन्द्र नै उनी रहिछिन्
स्पर्श हुनासाथ हाँस्न खोजेँ
लाजले मइन भइछिन्

बिदेशीको राजनीति

हेर हामीलाई जुधाएको
हामीले खुकुरी उद् याएको
बिदेशीको राजनीति
मिल्न नदिने कुनीति

खान पाउँदा पुक्क पर्छौँ
नपाउँदा जुलुस गर्छौँ
पाउँदा सबै लुडेर खान्छौँ
निर्धोको मुटु चुँडेर खान्छौँ