महोदयज्यू, अब कहिले हो त मुन्टो हल्लाउने राकेश कार्की गद्य कविता by editorOctober 11, 2020ललीपप देखाउने कहिले फकाउने कहिले फुल्याउने महोदयज्यू अब कहिले हो त मुन्टो हल्लाउने कहिले छुमन्तरले पर तल हूलमै मिसाउने कहिले रातो दलेर नजिक माथि समानान्तर बसाउने
कोरोना र नयाँ साल राकेश कार्की गद्य कविता by editorApril 15, 2020कोरोना चाहिरहेछ सताउन दु:ख दिन र ज्यान लिन नयाँ साल चाहन्छ हसाउन खुसीयाली दिन र अरू एकसाल थप्न
ॐ श्रीगणेशाय नम: राकेश कार्की गद्य कविता by editorMarch 11, 2017सीमाना हराएको मेरो देश तीनतिर खुल्ला, छैन बन्धन त्यसैले सन्तुलन हराएको छ तानिरहेछ तीनतिर हुँदाहुँदा बुद्धिजीवी नेताहरू पनि उतै तानिन्छन् प्रफुल्ल हुन्छन् त्यहाँका ठूलाठालुसँग भेट्न पाउँदा लज्जावती फूलझैँ चाउरिन्छन् उनीहरुको पाउ मोल्दा
कसो गरी भुलुँ मैले राकेश कार्की गीति कविता by editorSeptember 11, 2016 कसो गरी भुलुँ मैले याद धेरै आउँछ जति जङ्घार तरे पनि यो मनको नाउँ छ आइरहन्छ मीठो सपना यसो झकाउँदा मान्दै मान्दैन एक्लोमन कत्ति फकाउदा
आऊ खेलौँ होली राकेश कार्की गद्य कविता by editorMarch 23, 2016देश विदेश जताततै यो कस्तो उमंग आयो फागुन होलीको थरिथरिको रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे
नाकाबन्दीको दशैं राकेश कार्की गद्य कविता by editorOctober 24, 2015बा आमा आउन पाइन तेल छैन बसैमा नाकाबन्दीले नदिने भो टीको थाप्न दशैंमा प्लेन पनि आउन छोड्यो ठूल्दाइ अड्किनु भो दिल्लीमा वर्षौँ पछि बल्ल आको दशैंको बेला विचल्लीमा
जनप्रतिनिधि तिमी राकेश कार्की गद्य कविता by editorSeptember 12, 2015६०१ क्षेत्रका जनप्रतिनिधि आ-आफ्नो दु:खेको क्षेत्रमा जाऊ भूकम्प पीडितका चराएका घाउमा साँचो मायाले मलम लगाऊ
सबै मिलीजुली उद्धार गरौँ राकेश कार्की राष्ट्रिय कविता by editorApril 30, 2015मल्लकालीन सांस्कृतिक सम्पदा हाम्रो धरहरा इतिहासको गाथा वसन्तपुर, पाटन, भक्तपुर दरबार सबै सबै सकियो आँसुमा बग्यो घरबार
अभिनव नववर्ष राकेश कार्की गद्य कविता by editorApril 21, 2015नयाँ साल ज्योतिपुञ्ज फिजाएर आऊ व्याक्ति व्यक्तिको सोचमा सुविचार ल्याऊ
ह्याप्पी भ्यालेन्टाइनस डे राकेश कार्की गद्य कविता by editorFebruary 15, 2015पार्टी पार्टी बिच प्रेम होस् एकले अर्कोलाई नलगाउ दोष सभासदहरू! ह्याप्पी भ्यालेन्टाइनस डे हामी जनतालाई संविधान दे माओवादी तिमी गुलाफ बोक एमाले स्नेहले मेट जनको भोक काँग्रेश छरिदेऊ हर्षका छहरा मधेशवादी बनिदेऊ देशका पहरा
देश आफू भैदिए राकेश कार्की राष्ट्रिय कविता by editorDecember 15, 2014आफ्नो माया त सबलाई रैछ परिवारको पनि माया हुँदो रैछ देश आफू भैदिए कस्तो हुन्थ्यो परिवार देश भैदिए कस्तो हुन्थ्यो देशको भविष्य नेताकै हातमा बुद्धिजीवी, श्रमी छ छैन साथमा निकै सोचि सम्झी रुपरेखा कोर माया भए देशको, लोभ-लालच छोड
झोला राकेश कार्की गजल by editorSeptember 27, 2014एकदिन सबैले मर्ने चोलामा हजुर खरानी भइ बग्ने खोलामा हजुर व्यर्थ रहेछ तँ भन्दा म धनी भनी सेखी गर्नु सुनको तोलामा हजुर
रमाइलो तीज राकेश कार्की गीति कविता by editorAugust 19, 2014रिमझिम वृष्टि श्रावण/भदौ नभमा नूतन जून ग्राम/शहर हरियाली रमाइलो तीजको धुन रातो सारी रातो चोलो चुरा पोते सोह्र शृंगार वैभव गाउदै सुरिलो नाच्दै छमछम सौभाग्यवती नारीको उत्सव
भो चाहिँदैन कुर्सी राकेश कार्की गद्य कविता by editorJune 26, 2014भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरु बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने
मनोज बाबु राकेश कार्की पद्य कविता by editorMay 31, 2014शायद समयलाई गर्न सकेन काबु एक्लै टहल्लिरहेथ्यो मनोज बाबु झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो दु:खेसो साथीको आँखामा पढियो “ए मनोज के भो तँलाई यस्तो शुन्यमा एक्लै झर्या तारा जस्तो” “लाजै लाग्छ यार, के भनुँ तँलाई धोका दिई बिन्दुले डिभोर्स गरि मलाई”
बिधुवा राकेश कार्की पद्य कविता by editorMay 24, 2014कहिले सरकार पक्षको गोलीले कहिले सरकार विरोधी टोलीले श्रीमान् मारीयो, दु:ख बिर्सिगो बिधुवालाई बाँच्नु पर्ने कस्तो दु:ख यो डालो, नाङ्लो, कसौँडी रित्तै छरियो लडीबुडी काखे बच्चा, दूधै रोकियो छोरा छोरी भोकै रोको हेर्नै गारो बनी गर्ने मरि गयो छैन चारो
प्लाटफर्म नै एउटा जिन्दगी जस्तो राकेश कार्की गद्य कविता by editorMay 6, 2014कोही आउने कोही जाने क्रम चलिरह्यो स्टेशनबाट स्टेशनतिर रेल अघि बढिरह्यो कतै खल्याङबल्याङ कोही अल्याङटल्याङ कोही ढेपिएर चढ्न तयार कोही टिकट काउन्टरमा हतार हतार
भूत राकेश कार्की पद्य कविता by editorApril 27, 2014आज मैले भूत देखेँ जिउँदो मान्छे मृत देखेँ चिता बल्छन् बिना चिहान अँध्यारो भित्र छैन विहान भूतका पनि कति मान्छे भूतिनी पनि उतै जान्छे डर धम्की त्रासले होला बालक ववुरो कोहला कोहला
आमा – मेरी आमा राकेश कार्की गद्य कविता by editorApril 19, 2014(१) जन्माएर मलाई काखमा सुतायौ आमा तिमीले कति रात नसुति बितायौ मलाई सधैँ माया गर्ने मेरी आमा देउता यो ब्रह्माण्डमा तिमी केवल एउटा
बदलिन्छौँ हामी नेपाली राकेश कार्की राष्ट्रिय कविता by editorApril 13, 2014हिमाल देखि चारकोसे झाडीसम्म अब फेरि डाँफे र मयूर नाच्छ अढाई करोड नेपालीको हरेक ढुकढुकीमा नेपाल बाँच्छ अब समय बदलिसकेको छ आशाहरूले जन्म लिइसकेको छ मातृप्रेम प्रीतको झंकार नेपाली हृदयमा छाइसकेको छ