मंत्रीज्यू
कसरी भो समानता
जब बिचरो सिपाहीले
सधैं बुट बजारेर हजूरलाई
स्यालोट ठोक्नु पर्छ भने
हजूरको विदेश भ्रमण
किन समान छैन
पसिनाले रुझेर भारी बोक्ने
भरीया दाईको
उकालो ओरालोसँग ?
हजूरको बोलाई हाइफाइ छ
हजूरको बसाई हाइफाइ छ
डुलाई खवाई हिडाइ-पियाइ
लवाइ हँसाइ सुताइ रिसाइ
सबै सबै हाइफाई छ
समानता नारामा हुँदोरैछ
संविधानको धारामा हुँदोरैछ
समानता भाषणमा हुँदोरैछ
समानता रासनमा किन हुन्न ?
समानता शासनमा किन हुन्न ?
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
