Skip to content

उखेलेर आँखी भुई सिलिक्क राम्री


उखेलेर आँखी भुई सिलिक्क राम्री
पाउडर क्रीमले टिलिक्क राम्री

कसो कसो गरेर आफूले आफ्नै
फोटो खिच्छिन् किलिक्क राम्री

समाजलाई हानेको फेशन जानेको
पुतली नै जस्तो झिलिक्क राम्री

हाउ भाउ कटाक्ष अँध्यारोमा पनि
दियो झैँ बलेकी पिलिक्क राम्री

हेर्नेको नजरमा छुनेको मुटुमा
घाम झैँ झुल्किने मिलिक्क राम्री

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *