हेर हामीलाई जुधाएको
हामीले खुकुरी उद् याएको
बिदेशीको राजनीति
मिल्न नदिने कुनीति
खान पाउँदा पुक्क पर्छौँ
नपाउँदा जुलुस गर्छौँ
पाउँदा सबै लुडेर खान्छौँ
निर्धोको मुटु चुँडेर खान्छौँ
काम खोज्न विदेश जानु पर्ने
देशमा बसे गोली खानु पर्ने
गर्न खोज्नेलाई हामी झार्छौ
हामी मध्येकालाई हामी मार्छौँ
तराई तराई एकतिर
पहाड पहाड एकतिर
हिमाल अलग्गिएको हेर
नेपाल च्यातिएको बर
दण्डभेद अपनाई माथी पुग्छौँ
आफ्नो लागी मात्र सोच्छौँ
हामीले हामीलाई छुट्याउछौँ
तँ तँ र म म भन्छौँ
हाउस चलाउने जिम्मा लिने कुर्लन्छन्
तलब भत्ता खादै खहरे झैँ उर्लन्छन्
आफ्नो हाउस आफै रोकिदिन्छन्
आक्रोश जनताको भविष्यमा पोखिदिन्छन्
देशको निम्ति भनि साच्या छैन
बिकाशको सिन्को भाच्या छैन
संबिधान लेख् न सक्या हैन
यो सही हो नेपाली बक्या हैन
लस् एन्जेलस्

good grite more
good grite more