Skip to content


राजनीतिको खेल
या क्रान्तिको भेल
कलमको पढाइ
या बन्दुकको लडाइँ
ईतिहासको पन्नामा हिसाब गर्यो
गणतन्त्रमा गणित आयो
एउटा राष्ट्पति जोडियो
एउटा राजा घट्यो

गणितज्ञ माला गाँस्छ
जोड घटाउ हुँदै जान्छ
जोडिने हाँस्छ
घटिने रुँदै जान्छ
हिजो ऊ जोडिएको थियो
आज ऊ घट्यो
किन होला कसरी होला
उसैलाई थाहा होला

घट्नेले विचार गर्छ-गर्दैन
पतनका कारण नियाल्छ-नियाल्दैन
जोडिनेलाई अहंकार आउँछ
म मेरो भन्दै हुँकार्छ
भोलि पनि त जोड घटाउ हुँन्छ
अर्को जोडिन्छ जब जोड्नु पर्ने हुँन्छ
तर आज एउटा राष्ट्पति जोडियो
एउटा राजा घट्यो

लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *