परेड खेल्दाखेल्दै जिन्दगी बित्ने भो
बन्दुक भिर्दा-भिर्दै जिन्दगी बित्ने भो ।।
आफ्नै दाजुभाइसँग म कति लडुँ
आफ्नै दिदीबैनी कुल्ची अघि कता बढुँ
तोडफोड गर्दागर्दै जिन्दगी बित्ने भो
नाराबाजी गर्दागर्दै जिन्दगी बित्ने भो ।।
न त हरियाली न त फूल फुल्ने
न त उद्योगधन्दा न त स्कूल खुल्ने
टायर बाल्दाबाल्दै जिन्दगी बित्ने भो
देश बन्द गराउँदै जिन्दगी बित्ने भो ।।
गाउँ बस्ती हाँसो खुशी बाड्न पाए पो
आनन्दले पखेटा फिजाई उड्न पाए पो
खाई न पाई हजुर जिन्दगी बित्ने भो
छालाको टोपी लाई जिन्दगी बित्ने भो ।।
लस् एन्जेलस्
