Skip to content


त्यो बच्चो भोकै रोईरहेछ
रित्तो आमाको काख छोईरहेछ
सकी नसकी घरी घरी
स्तन चुस्न खोजिरहेछ

बोली छैन बोल्न खोज्छ
मनको कुरो खोल्न खोज्छ
झर्कीरहेछिन् आमा भोकले
बिचरो कहालिँदै अझ रुन्छ

आमाको आँखामा आँशुको धारा
छातीमा टाँस्छिन् भविष्यको सहारा
माया मात्रले पेट भरिन्न
भोको पेटले दुध आउँदैन

नेताको कोखमा उ जन्मेन
एक घुटकी दुध पिउन पाएन
खान पाउनु बच्चोको अधिकार
सुत्केरी सुविधा छैन जनसरकार

सांसदको मात्र संसद रहेछ
भरपेट खाने तिनैले मात्र रहेछ
बच्चो मरे पनि कसलाई माया
केवल आमाको विरह छाँया

लस् एन्जेलस्

1 thought on “त्यो बच्चो”

  1. कहने को तो कुछ भी कहो स्वीकार
    कहने को तो कुछ भी कहो स्वीकार नहीं हमको
    हम जैसे हैं वैसे ही हैं इन्कार नहीं हमको ।

    खामोश भी जब हम रहे कमजोर समझा हमको
    तोडेंगे मौन अपना देंगे जवाब तुमको……
    हम जैसे हैं वैसे ही हैं इन्कार नहीं हमको। सरीफ अली अर्घाखाँची पाली ३

Leave a Reply

Your email address will not be published. Required fields are marked *