माया ठकुरी
गुरुदक्षिणा
“नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो रंग, ठुलो निधार र आँखामा मोटो लेन्सको चस्मा, अनि ती आँखाभित्रबाट चिहइरहेका दुई स्नेहशक्ति आँखा।
पासो
त्यसदिन पनि बोको खोज्न भनी भगतेलाई साथमा लिएर एकाबिहानै घरदेखि निस्केको थियो बमबहादुर ।
बोकाको मोल दिनदिनै बढ्दै गएको थियो तर बोकाको मोल जति नै बढे तापनि बमबहादुरलाई वास्ता थिएन, कारण, बोकाको मोल जति नै तिर्नुपरे तापनि तिर्नको लागि बिजयबहादुर छंदै थियो ।
बोकाको बढ्दो मोल संगसंगै आफ्नो आम्दानी पनि बढ्दै गइरहेको हुनाले निश्चिन्त थियो बमबहादुर ।
भैंसी र मान्छे
आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।
