Skip to content

माया ठकुरी

पेन फ्रेण्ड

भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो।

जेरी-स्वारी

“मलाई पनि एउटा पोलेको मकै दिनुहोस् त दिदी“, सडकपेटीको एउटा कुनोमा बसेर मकै पोल्दै गरेकी एउटा अधबैंसे महिलाको अघि उभिएर मैले भनेँ ।

मुमा र म

म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै पिरोल्थेँ ।

गुरुदक्षिणा

“नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो रंग, ठुलो निधार र आँखामा मोटो लेन्सको चस्मा, अनि ती आँखाभित्रबाट चिहइरहेका दुई स्नेहशक्ति आँखा।

आमा जानुहोस्

८६ वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ। मेरा १४ वर्षीय छोरा मनीष, १२ वर्षीय छोरी सुमी र मेरी पत्नी मानवी नाक खुम्च्याउँदै एक–अर्काको अनुहारमा हेर्दछन्। मलाई बडो असजिलो लागेर आउँछ।

अन्तिम निर्णय

  • by

अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने गाउँलेहरूको होस उडेकोझैँ भएको थियो ।

आगोको ज्वाला

  • by

‘हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।’ विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो।

‘ए, हो ? खोइ हेरूँ त !’ रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् – ‘ओहो ! कस्तो राम्रो गोडेर सफा बनाएछौ ! कति राम्रो देखिएको छ।’

आर के

  • by

लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई ।

उसले ईमेलमा लेखेकी थिईः

मेरी प्यारी साथी बहिनी सुजाता
तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन ।
आज यतिका वर्षपछि अचानक मेरो ईमेल पाउँदा तँलाई आश्चर्य लाग्नु स्वाभाविक हो ।

द पाइड पाइपर

टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ ।

बोक्सी

  • by

उसलाई थाहा छ उसका छरछिमेकीहरुले उसलाई ‘बोक्सी’ भन्छन् भनेर । उसलाई यो पनि थाहा छ उसको छिमेकीहरुले उसलाई हृदयदेखि नै घृणा गर्दछन् ।

यी सब कुरा थाहा पाउँदा पाउँदै पनि आफूमाथि लगाइएको अभियोगको प्रतिकार गर्न सक्दिन ऊ ।

पासो

  • by

त्यसदिन पनि बोको खोज्न भनी भगतेलाई साथमा लिएर एकाबिहानै घरदेखि निस्केको थियो बमबहादुर ।
बोकाको मोल दिनदिनै बढ्दै गएको थियो तर बोकाको मोल जति नै बढे तापनि बमबहादुरलाई वास्ता थिएन, कारण, बोकाको मोल जति नै तिर्नुपरे तापनि तिर्नको लागि बिजयबहादुर छंदै थियो ।
बोकाको बढ्दो मोल संगसंगै आफ्नो आम्दानी पनि बढ्दै गइरहेको हुनाले निश्चिन्त थियो बमबहादुर ।

भैंसी र मान्छे

  • by

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।