Skip to content

रामप्रसाद धिताल

तिहारमा रेखीको रौनक

  • by

तिहारका विभिन्न आकर्षणमध्ये दीपावलीमा हालिने रेखी एक हो । लक्ष्मीपूजाको दिन घरआँगन र पूजाकोठामा हालिने विभिन्न प्रकारका रेखीले दीपावलीलाई रौनक दिइरहेका हुन्छन् । यसैगरी नेवारी समुदायले ‘हृमःपूजा’ गर्दा र नेपाल संवत्अनुसारको नयाँ वर्ष मनाउने क्रममा हालिने रेखीले यी पर्वहरूलाई आकर्षक बनाउँछन् । दीपावलीमा आकर्षक रेखी नेपालमा भन्दा भारतमा बढी प्रचलनमा छ ।

पोकलीका प्राकृतिक सौन्दर्य

  • by

ओखलढुङ्गाको पश्चिमी भागमा अवस्थित पोकली पर्यटकीय दृष्टिले महìवपूर्ण मानिन्छ । उसो त ओखलढुङ्गा सांस्कृतिक, साहित्यिक तथा प्राकृतिकरूपले धनी छ । जिल्लाका ५६ गाविसमध्ये पोकली प्राकृतिकरूपमा अत्यन्तै सुन्दर क्षेत्र हो । पोकली यहाँ रहेको १३० मिटर उचाइ भएको पोकली नामको झरनाबाट रहन गएको बताइन्छ ।

अविस्मरणीय व्यक्तित्व मोतीराम

  • by

नेपाली भाषाको श्रीवृद्धिमा मोतीराम भट्टको महत्त्वपूर्ण योगदान छ । तीस वर्षको कलिलो उमेरमा बिते पनि नेपाली साहित्यमा बहुप्रतिभाशाली व्यक्तिको रूपमा यिनको स्मरण गरिन्छ । छोटोे उमेरमा मोतीरामले नेपाली भाषाप्रति लगाएको गुन ज्यादै अतुलनीय छ । नेपाली भाषालाई छापेर विश्ववाङ्मयमा पुर्‍याउने, आदिकवि भानुभक्तको खोजी गरेर उनलाई नेपालीमाझ चिनाउने, गजललाई नेपालमा भित्र्याउने एवं नेपाली पत्रकारिताको थालनी गर्ने बहुप्रतिभाशाली व्यक्तिका रूपमा उनको नाम नेपाली साहित्य आकाशमा चम्किरहेको छ ।

महिमा सूर्यविनायकको

  • by

उपत्यकामा रहेका प्रसिद्ध चार विनायकमध्ये एक हो सूर्यविनायक । सूर्यविनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् । एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए । उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरो मर्‍यो ।