विमल आरोही
नारीवादी सशक्त उपन्यास
अन्य विधाका तुलनामा अहिले ‘उपन्यास’ विधाको चर्चा खुब चुलिएको छ । उपन्यास लेख्नु र पढ्नु नै साहित्य लेख्नु र पढ्नुजस्तै भएको छ अचेल । कविबाट सुरु हुने उहिलेको साहित्यिक अवतारमा परिवर्तन आई अब त लेखकहरू सुरुमै उपन्यासकार हुन थालेका छन् । आख्यान पुरूष ध्रुवचन्द्र गौतमले भर्खरै पच्चीसौं उपन्यास ‘अप्रिय’ बजारमा ल्याइसकेका छन् ।
‘सामन्तवादका पृष्ठपोषक’ होइनन् आदिकवि
२०६५ माघ २५ गते शनिबारको एक पत्रिकामा एउटा संवाद छापिएको थियो । मझपाताभरि वारपार ठूला अक्षरमा लेखिएको थियो- ‘आदिकवि होइन रामभक्त कवि’ लेखकले ‘सामन्तवादका पृष्ठपोषक कवि’ का बारेमा बनाएका अक्षरमा माधुर्य थियो तर विचारदाताका विचार काँचो हलुवाबेदजस्तो टर्रो थियो, त्यहाँ कुनै गहनता थिएन, गम्भीरता थिएन, तर्क थिएन ।
