Skip to content

घायलश्री

नून बोकी जुम्ला हुम्ला पुर्याउनेलाई

नून बोकी जुम्ला हुम्ला पुर्याउनेलाई सलाम
सीमा बाँध्न जनताहरू सुर्याउनेलाई सलाम

मरेपछि पुज्ने चलन रोक्न आजैदेखि
ज्यूँदा शहीदका गीत फुर्याउनेलाई सलाम

खोजिरहेछ, देशको सीमा

खोजिरहेछ, देशको सीमा हराएको हाम्रो कान्छा
शोषित र पीडितले मन पराएको हाम्रो कान्छा ।

दुई जातमा एक पुरुष अर्को नारी भन्दै
समाजमा पहिलोपल्ट कराएको हाम्रो कान्छा ।

फूलको हासो तिमी राख्नु

फूलको हासो तिमी राख्नु काँडा दिनु मलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

फूलसगै तिमी हाँस्नु बगैचाको माझ
चन्द्ररुपी मुहारमा नलागोस कहीँ दाग
जून पनि तिमी राख्नु तारा दिनु मलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

दुई मुक्तक (हाम्रो नेपालमा)

  • by

मैले भने-
दिन दहाडै गोली चल्छ हाम्रो नेपालमा
जीउदो शरिरमा आगो बल्छ हाम्रो नेपालमा
नहुदा कुनै नियम कानून अपराध छेक्ने
आफ्नै दाइले भाइ छल्छ हाम्रो नेपालमा

दुई मुक्तक (आजभोलि, जीवनदेखि)

  • by

मैले भनेँ –
आजभोलि निकै सस्तो भएको छ मेरो नाम
मुस्लिमले अल्लाहको ठाउँमा जपे जस्तो राम ।
जस्तै बोटमा फुलेपनि सुगन्धित भै झुलेपनि
बाटोमुनि फुल्ने फुलको मन्दिरमा छ र के काम ?

हल्ला गरेर भन तिमी के पाउछौ

  • by

हल्ला गरेर भन तिमी के पाउछौ
भत्किएको घरको छानो किन जलाउछौ ?

म त मर्छु तिमी लाख जुनी बाँच है
म त झर्छु तिमी फूलसरी हाँस है
झुटो रैछ जिन्दगी यो झुटो रैछ तिम्रो माया
कसम कसम तिम्रो कसम चिनेनछु आफ्नै छाया

तिम्री स्वास्नी

  • by

एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफू चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाईलाई उहासँग परिचय मात्र होइन तपाईको चाहना अनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।

बिमला

  • by

बास्ना नै नआउने त्यो प्लाष्टिकको रातो गुराँसको फूल केवल फूल मात्र हो । त्यो फूल सजाउनलाई हो तर कालो केश होइन न हो हरिया पाखाहरू । त्यो त टेवल सजाउनलाई मात्र हो अनि टेवल माथिको फुलदानी । त्यस फूलको न कुनै रंग हुन्छ न कुनै स्वाद न त कुनै सुगन्ध तर मूल्यवान छ त्यही । त्यही फुलको छ बजार त्यसैको चर्चा अनि त्यही फूल छ सुन्दर । कतिका पेट भराएको छ त्यही प्लाष्टिकको गुराँसले उफ् ! त्यो डाँडा पाखामा फुल्ने गुराँस खैत त्यसको महत्व ?

अगाडि बड्न देऊ !

  • by

हो … !
यात्रा मेरो लामो छ र जटिल पनि
तर …
कोही नडराऊ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो,
तिनै धुर्त स्याल र ब्वासाहरूबाट
शिकार हुनुपर्दा,

GhayalSri-02

शीताष्मा

  • by

बाहिर पानी परिरहको छ । लगातार तीन-चार दिनको झरीका कारण जाडो पनि उत्तिकै बढिरहेको छ । अझै दुई-चार दिन यो पानी पर्न बन्द हुने कुनै छाँटकाँट नै देखिँदैन । बाहिर बाटोमा फाट्टफुट्ट सवारी साधनहरू चलिरहेकै छन् भने स्कुल क्याम्पस जाने विद्यार्थीहरू छाता ओढी झुण्ड झुण्ड भएर सडकमा हिँडिरहेका देखिन्छन् । एकदुई भुस्याहा कुकुरहरू ओभानो प्रतीक्षालय र घरको पेटीमा ओत बसेका बाहेक अन्य सबै सुनसान नै देखिन्छ । सबै घरभित्र नै व्यस्त देखिन्छन् ।

GhayalSri

कान्छा

उसको वास्तविक नाम हरिप्रसाद भए पनि उसलाई सबैले कान्छा भनेर बोलाउने हुनाले कान्छाले आफ्नो बास्तविक नाम भुलिसकेको जस्तो लाग्छ मलाई पनि । भात कस्ले पकाउने ? कान्छाले । घाँस कस्ले काट्ने ? कान्छाले । भैसी कस्ले दुहुने ? कान्छाले । इत्यादि घरका सबै कामहरू कुनै झर्को नमानी सजिलै पुरा गर्थ्यो कान्छाले । त्यसकारण मलाई लाग्थ्यो कामको सट्टामा प्रयोग गरिने एक मात्र विकल्प थियो कान्छा ।