हो … !
यात्रा मेरो लामो छ र जटिल पनि
तर …
कोही नडराऊ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो,
तिनै धुर्त स्याल र ब्वासाहरूबाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्जत लुटिदा …
हो तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानवहरूबाट मुक्त्ती पाउनको लागि
कलम चलाऊने हातले
तरबार खेलाउनु परेको छ
पुस्तक बोक्ने झोलामा
भरुवा-बन्दुक बोक्नु परेको छ
यो मेरो रहर होइन
बाध्यता अनि कर्त्ब्य पनि हो
त्यसैले कोही नडराउ
मबाट कोही नतर्श
मलाई अगाडि बड्न देऊ
न्याय र मुक्त्तिको लागि
मलाई साथ देऊ !
घायलश्री
पर्बत
9847712474
ghayalsri@gmail.com
