Skip to content

नून बोकी जुम्ला हुम्ला पुर्याउनेलाई


नून बोकी जुम्ला हुम्ला पुर्याउनेलाई सलाम
सीमा बाँध्न जनताहरू सुर्याउनेलाई सलाम

मरेपछि पुज्ने चलन रोक्न आजैदेखि
ज्यूँदा शहीदका गीत फुर्याउनेलाई सलाम

परिश्रमको फल मीठो हुन्छ भन्ने सोच बोकी
बाँझो खेतमा नजरहरू घुर्याउनेलाई सलाम

थलिएका बाबु आमाको सेवा गर्नलाई
परदेशिने रहरहरू तुर्याउनेलाई सलाम

कैदीहरुको थमाउन हातमा कलम कापि
स्कुल अनि कलेज खोल्न धुर्याउनेलाई सलाम

घायलश्री
बेनी, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *