Skip to content

लेखेको छु एउटा गजल


लेखेको छु एउटा गजल मात्र तिम्रा लागि
लेख्दा नयन भए सजल मात्र तिम्रा लागि

म त भोगेको छु झुपडीका ब्यथाहरू
यहाँका सारा महल मात्र तिम्रा लागि

सिउँडी र तितेपाती मेरा सहयात्री हुँदा
पोखरीका सुन्दर कमल मात्र तिम्रा लागि

पुरा होलान् या नहोलान् मनका चाहहरू
रबी छुने मेरो रहर मात्र तिम्रा लागि

आऊ राज गर यो दिल खाली छ
मन भित्रको सिंगो शहर मात्र तिम्रा लागि

नभन्नु ‘घायल’ले साहित्यको उत्थान गर्‍यो
कनी कुथी लेख्ने पहल मात्र तिम्रा लागि

घायलश्री
पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *