प्रेम तिवारी
शीर्षक के हो ? (मुना २०६७ साउन)
कुनै गाउँमा फुर्के नाम गरेको केटो बस्दथ्यो । उसलाई छिमेकीहरू ‘फुर्के’ माइला भनेर बोलाउँथे । उसको स्वभाव अनौठो किसिमको थियो । कसैले उसलाई केही काम लगायो भने फुरुक्क भएर गरिहाल्थ्यो । उसको बुबाले उसलाई पढाउन विद्यालय पठाउने निधो गरे । उनले गाउँको एक विद्यालयमा उसलाई भर्ना गरिदिए । शिक्षकहरूले पनि उसको व्यवहार अनुसार अर्ति, उपदेश दिएर पठाउन थाले ।
