Skip to content

जगत राम बर्देवा घायल

आँशु झार्दिन म

  • by

हरपल अतित कोट्याएर आँशु झार्दिन म
नमर्नु त मर्यो आत्मा अझै मार्दिन म ॥

सयौ बाचा बन्धनहरु पाखा लायौ छिन्मा
मुटुसँगै झुटो बोली यसै टार्दिन म ॥

केवल तिम्रै काखमा मर्छु सयौ जुनीपछि पनि
तिमीसँगै साटे खुशी अन्त सार्दिन म ॥

२०६६ ले मेरो खुशी लुटेर गयो

  • by

२०६६ ले मेरो खुशी लुटेर गयो
मरे ऐया भन्दा पनि थिल्थिलो पारी कुटेर गयो ।।

६६ मै फूलाएथें सुन्दर फूल पिरतीको
सुनामीको छालसँगै हाँगाबाट छुटेर गयो ।।

कसैसँग चोखो मायाँ पाएँ भन्दै रमाएथेँ
कर्कलाको पानी रैछ पल भरीमा फुटेर गयो ।।

हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले

  • by

हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले
समाजले देख्ने गरी रुन पनि उन्ले ।।

धिक्कार भो मेरो सारा खुशी दिए पनि
बिर्सी गईन मैले लाको गुन पनि उन्ले ।।

बाटो पनि रोयो

  • by

तिमीले पाईला मोडेपछि बाटो पनि रोयो
आज एक्लै डाँको छोडी लाटो पनि रोयो ।।

बेईमानी बिश्वाश घाती पात्रहरु देखी
आँशु झारी जीवनको पाटो पनि रोयो ।।

फूल नभई झर्यो भन्दिनू है

हुलाकी दाइ तिमीबाट सर्यो भन्दिनू है
कोपिला थ्यो फूल नभई झर्यो भन्दिनू है ।।

जीवन यापन गर्नलाई साथ कोही नपाएर
बियोगले आत्माहत्या गर्यो भन्दिनू है ।।

के भनौं

  • by

झुप्रो छोडी महलतिर सर्नेलाई के भनौं
रुपीयाँले खाली ठाउँ भर्नेलाई के भनौं ।।

मुटुभित्र धड्कनसँगै मनको भाव बिर्सिएर
जता हरियो उतै उतै चर्नेलाई के भनौं ।।

पिरतीले बान्नेहरू पाएँ

  • by

बामे सर्दै जिउँछु हात तान्नेहरू पाएँ
एक्लो मनलाई पिरतीले बान्नेहरू पाएँ ।।

होईन स्वार्थी संसार अब मेरो निम्ति मात्रै
पराई हैन आफ्नो मान्छे ठान्नेहरू पाएँ ।।

चर्किन्छ यो छाती अब

  • by

तिमी हुन्छ मात्रै भन मेरो जीवनसाथी अब
होइन भने दिन दिनै चर्किन्छ यो छाती अब ॥

उही रोग उही ब्यथा हुन्न निको घाउ मेरो
बरु तिमी भन्छ्यौ भने मर्दै होला जाती अब ॥

जान्छ्यौ भने जाऊ

  • by

मेरो मनमा छाई सक्यौ जान्छ्यौ भने जाऊ
मेरो मायाँ सपना झैं ठान्छ्यौ भने जाऊ ॥

मेरो बस्ती उजाडेर सन्तोष हुन्छ्यौ भने
मर्ने बाँच्ने कसम् उतै खान्छ्यौ भने जाऊ ॥

चाहे मर्नु मैले परोस्

म चाहन्छु तिमी हाँस चाहे मर्नु मैले परोस्
तिमी फुल्नु लाली गुराँस चाहे झर्नु मैले परोस् ॥ 

मेरो कुनै अंग दिँदा तिम्रो जीवन बाँच्छ भने
हाँसी हाँसी दिन्छु हेर चाहे सढ्नु मैले परोस् ॥

जुनेली रात पाएँ

  • by

फूल उपहार दिने आज हात पाएँ
संसार मलाई सून्य लाग्थ्यो जुनेली रात पाएँ ॥
 
मान्छे बन्ने  लक्ष मेरो डर थियो रोकिन्छ कि
तर अब निडर छु  फेरीि मैले साथ पाएँ  ॥