फूल उपहार दिने आज हात पाएँ
संसार मलाई सून्य लाग्थ्यो जुनेली रात पाएँ ॥
मान्छे बन्ने लक्ष मेरो डर थियो रोकिन्छ कि
तर अब निडर छु फेरीि मैले साथ पाएँ ॥
पलाँश जस्तो लाग्थ्यो जीवन आज थोरै भिन्न लाग्यो
धेरै पछि मन छुने गहिरा गहिरा बात पाएँ ॥
बैशाखीको खाँचो थियो लर्यांग् तर्यांग् गर्न पनि
धेरैपछि उमंगको अलिकति मात पाएँ ॥
नेपाली पन नेपाली तन छोरी उनी नेपालकी
खाँचो थियो मायाको त्यही मायाको जात पाएँ
पृथ्बीनारायण नगरपालिका -१० गोरखा
हाल – नबोदित साहित्यिक वाचनालय दोहा कतार
