Skip to content

चर्किन्छ यो छाती अब

  • by


तिमी हुन्छ मात्रै भन मेरो जीवनसाथी अब
होइन भने दिन दिनै चर्किन्छ यो छाती अब ॥

उही रोग उही ब्यथा हुन्न निको घाउ मेरो
बरु तिमी भन्छ्यौ भने मर्दै होला जाती अब ॥

खहरेको बाढी पनि खोज्छ समुद्रमा मिल्न
छैन बादल छैन पानी आकाश सुन्य माथि अब ॥

यस्तै भयो मेरो जीवन एकतर्फी रोजिरहेँ
साहाराको दियो छैन सहन्छु म राति अब ॥

तिमी अर्कै बाटो रोजी यात्रा गछ्र्यौ भने गर
म त निर्जीव जस्तै भएँ स्वीकार्छु म घाती अब ॥

तिमी हुन्छ मात्रै भन मेरो जीवनसाथी अब
होईन भने दिन दिनै चर्किन्छ यो छाती अब ॥

जगतराम बर्देवा घायल
पृथ्वीनारायण नगरपालिका – १०, गोरखा
हाल: नवोदित साहित्यिक वाचनालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *