Skip to content

जान्छ्यौ भने जाऊ

  • by


मेरो मनमा छाई सक्यौ जान्छ्यौ भने जाऊ
मेरो मायाँ सपना झैं ठान्छ्यौ भने जाऊ ॥

मेरो बस्ती उजाडेर सन्तोष हुन्छ्यौ भने
मर्ने बाँच्ने कसम् उतै खान्छ्यौ भने जाऊ ॥

म हारौंला तिमी जित्नू मायाँको यो खेल्मा
धनमा कुवेर रुपमा हिरा छान्छ्यौ भने जाऊ ॥

यो घायललाई रुवाएर तिमी हाँस्न सक्ने भयौ
उसैलाई संसार सबै मान्छ्यौ भने जाऊ ॥

किन चाहियो जिउँदो लाश भै जिउनु पर्ने जीवन
म मर्दिउँला उस्कै हात तान्छ्यौ भने जाऊ

-जगत राम बर्देवा “घायल”
नबोदित साहित्यिक वाचनालय
 दोहा,कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *