२०६६ ले मेरो खुशी लुटेर गयो
मरे ऐया भन्दा पनि थिल्थिलो पारी कुटेर गयो ।।
६६ मै फूलाएथें सुन्दर फूल पिरतीको
सुनामीको छालसँगै हाँगाबाट छुटेर गयो ।।
कसैसँग चोखो मायाँ पाएँ भन्दै रमाएथेँ
कर्कलाको पानी रैछ पल भरीमा फुटेर गयो ।।
मैले मात्रै एक कोहोरो पछ्याएछु अन्जानमा
त्यसैले त निर्दयी भई छेउबाटै उठेर गयो ।।
टुट्नु फुट्नु समेटिनु यही हो रे जिन्दगानी
तर मेरो जीउने मन बिना अर्थ टुटेर गयो ।।
२०६६ ले मेरो खुशी लुटेर गयो
मरे ऐया भन्दा पनि थिल थिलो पारी कुटेर गयो ।।
जगत राम बर्देवा (घायल)
नबोदित साहित्यिक वाचनालय दोहा कतार
४ ।४ ।२०१०
