Skip to content

जगत राम बर्देवा घायल

धेरै पछि गाउँघर देखेर म रोएँ

  • by

धेरै पछि गाउँघर देखेर म रोएँ
निस्ताएका वर-पीपल भेटेर म रोए

वालक कालमा क ख ग घ पढ्ने साथीहरू
कोही नहुँदा बग्यो आँशु छेकेर म रोएँ

मखमली सयपत्री गोदावरी फूल्दा
खाली भयो गला ब्याथा लेखेर म रोएँ

भाइ पूज्न दिदी बैनी न आएर निराश हुँदै
आँगनको डिलको ढुंगा टेकेर म रोएँ

हजार बर्ष वाँच तिमी

  • by

हजार बर्ष वाँच तिमी भोलि नै म मरी दिउँला
जुन उदाओस् तिम्रो निम्ति, म तारा भै झरी दिउँला ।

फूल बनी फूल्नु तिमी सदाबाहार वगैंचामा
तिम्रो सामु आए भने त्यसै ओझेल परी दिउँला ।

अपांग छु असाहय छु माया विना एक्लो छु म
तिम्लाई बोझ लाग्छ भने भड्खालो म भरी दिउँला ।

नलडाऊ चितामाथि मर्नै बाँकी छ

नलडाऊ चितामाथि मर्नै बाँकी छ
तिम्रो मनमा धेरै खुशी छर्नै बाँकी छ

वियोग र बिछोडले कलेटीछन् ओठहरू
ती ओठमा मायाँको रस भर्नै बाँकी छ

धेरै भयो एकान्त र कल्पनामा हराएको
तिम्रो हरेक रोजाईमा पर्नै बाँकी छ

दुनियाँको सामु लुक्ने बनायौ

तिम्रा हरेक गल्लीहरू ढुक्ने बनायौ
दुनियाँको सामु आज लुक्ने बनायौ ।

तिमी बन्यौ महान नारी एक्कै पलमा
मलाई भने पाईलै पिच्छे चुक्ने बनायौ ।

भन्थ्यौ घाउ भयो भने मलम बनिदिन्छु
तर आज बिना घाउ दुख्ने बनायौ ।

अन्तिम पत्र तिमीलाई

  • by

खै कसरी सम्बोधन गरौ मैले सम्बोधन गर्ने शब्दनै सकिसकेछन् । फेरि पनि जसो तसो सिला खोजेर सम्बोधन गर्ने जमर्को गर्दै छु । बैगुनी आई ……। निरासा र भावविह्वल मनलाई बियोगको डोरीले कसेर केही हदसम्म भए पनि अन्तिम बिदाईको हात हल्लाउनु अगाडी केही शब्द कोर्ने दुस्साहास गरेको छु । हो आई । मान्छेको जिन्दगी बिसाल र त्रासयुक्त सुनामीको छाल सरह रहेछ । झन् त्यसमा पनि गरीबको यो संसारमा खुलेर जिउने अधिकार यहीको संस्कारबाट नै खोसिएको रहेछ । जहाँ जातभात सानो ठूलो बिभाजित गर्ने कुसमाजले गर्दा सोझोपनको फाईदा उठाउनेहरू भेटिन टाढा धाउँनु नपर्ने रहेछ ।

आज तिमी पनि मेरो चोखो र निश्चल मायालाई माटोमा मिलाउन सहभागी भएकीमा कोटी कोटी धन्यवाद दिनै पर्छ मैले । म आफै भन्ने गर्थे बिगतलाई थाती राखी वर्तमानमा संघर्ष गर्दै भविष्यको लागि जिउनु नै जिन्दगी हो । तर हैन रहेछ, त्यो सुन्दर अतितलाई कसरी सजिलै बिर्सन सकिंदो रहेछ। र बिगतमा बिताएको रमाईलो पल अनि एक अर्काको हातमा हात थमाएर गरेका बाचाहरू त्यति सजिलै भुल्न कठिन हुदो रहेछ ।

अन्तिम ईच्छा

पौरखी मेरा हातहरूले साबेल हान्दै रहर जोड्छु
साहुको ऋण तिरेकै दिन जे सुकै होस् कतार छोड्छु
पल भर बस्न चाहन्न म परायको माटोमा यहाँ
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

स्वदेशमा भिजाउँछु माटो बरु आफ्नै रगत पोखेर म
किन गर्थें अर्काको गुलाम् देशको मायाँ बोकेर म
साहुकै ऋण तिर्नलाई मैले यहाँ दुःख गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

हात समाई गाउँबेशी झरेको दिन भुल्यौ

  • by

हात समाई गाउँबेशी झरेको दिन भुल्यौ
पिरतीको बिउ दिलमा छरेको दिन भुल्यौ ॥

तिमी मेरी म तिम्रो हजार जन्म जन्म
जिउने मर्ने सँगै बाचा गरेको दिन भुल्यौ ॥

दोबाटोमा थियौ तिमी मैले साथ दिए
बहकिंदै महासागर तरेको दिन भुल्यौ ॥

के आउँनु तिम्रो शहरमा ?

  • by

म त गाउँले के आउँनु तिम्रो शहरमा ?
मेरो लागि के पाउँनु तिम्रो शहरमा ?

धनै धनको बिटो लिई आउँछन् अरे त्यहाँ
म भिखारी के धाउँनु तिम्रो शहरमा ?

क्यासिनो र डिस्कोतिर तिम्रो मोह छ रे
लोकभाका के गाउँनु तिम्रो शहरमा ?

तातो घामले डढ्न लागें म

कोही भए आऊ यहाँ लड्न लागें म
यो खाडीको तातो घामले डढ्न लागें म ॥

कहिले यता कहिले उता वालुवाको थुप्रो संगै
पाईला सार्न न सकेर गढ्न लागें म ॥

जीवन जिउने आशा पनि रित्तिई गयो
त्यसैले त अंग अंग सढ्न लागें म ॥

याद आयो

  • by

जब देखें आज मैले पूरानो साथीको याद आयो
कसैको यादमा छट्पटिंदै बितेको रातिको याद आयो ॥

छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा
कसम् खाँदै देउरालीमा चढाएको पातीको याद आयो ॥

हुन होस नहुन होस साहित्यको बाटो एउटै
चकले क ख लेखेको कालो पाटीको याद आयो ॥

तिम्रो आत्मा रुँदा मलाई आँसु बनी झर्न देऊ

हुन सक्छ भने मलाई तिम्रै िसंउँदो भर्न देऊ
तिम्रो आत्मा रुँदा मलाई आँसु बनी झर्न देऊ ॥

तिमी बिना मेरो जीवन अपुरो र निर्थक हुन्छ
मेरो धड्कन् अब तिम्रो मुटु भित्र सर्न देऊ ॥

साथ मलाई तिमी बिना अरु कोही चाहिंदैन
त्यसैले त तिमीसँगै मेरो खुशी छर्न देऊ ॥

मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी

  • by

मलाई देख्दा उस्को मुटु जल्यो अरे साथी
मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी ॥

जीवन भरी नुछुट्टिने मित्रताको नाता पनि
चैत्र मासको हुरी बनि चल्यो अरे साथी ॥

गिर्दैछु म कतारमा

  • by

बिना गल्ती जरिवाना तिर्दैछु म कतारमा
किन असल मनबाट गिर्दैछु म कतारमा ॥

हजार ठक्कर खाए पनि हरेस नखाई रत्तिभरि
अन्धकार जिन्दगीको चिर्दैछु म कतारमा ॥

फेरि पनि साहित्यको चौतारीलाई पछ्याउन
नवोदितको नयाँ बिचार भिर्दैछु म कतारमा ॥

कुरसी बचाउदै गर

  • by

आज भन्दै भोलि भन्दै जनता नचाउँदै गर
संबिधानको नाटक गरी भत्ता पचाउँदै गर
खेली राख फोहोरी खेल अझै केही बर्ष
जनता मरे के को पीर कुर्सी बचाउँदै गर ।

फूल बनी फुलिराख

  • by

मेरो जीवन तिमी नै हौ नसार है कतै
फूल बनी फुलिराख नझार है कतै ॥

मेरो लागि तिमीभित्र ठाउँ खाली गर
तिम्रै छेउमा आउने बाटो नबार है कतै ॥

ज्यून थालेँ आजभोलि तिम्रै पर्खाईमा
चोखो माया दिन्छु भन्दै नटार है कतै ॥

मनले नमान्दा नमान्दै पनि केही शब्द उनैको निम्ति

कसरी लेखौं बितेका कुरा अतीत बल्झाउनु भन्दा भावी दिनहरूको प्रतिक्षानै उचित होला । कसैलेबाटो मोडे भनेर निर्दोस आत्मालाई निर्मम हत्या गर्ने विवश मनलाई आखिर कोही कसैको साहारा नबने पनि यो धर्तीमा जीवित राख्ने निरिह प्राणी म वास्तबमा भन्नै पर्छ मेरो ईच्छा आकांक्षा तनमन मानौ दुःखदेखि आँशुसम्म खुशीदेखि हाँसोसम्म उनैको पोल्टामा राखिदिन आतुर मनलाई वियोग र बिछोडको पीडाले डाम्नु पर्दा पनि मेरो उनै प्रतीको आशालाई आफ्नै मुटुभित्र समाहित गर्दै बदलिएको उनको बिचारलाई काँडेबार भएर अबरोध पुर्याउन उचित ठान्दिन म ।

मलाई पहिलो भेटमा भनेकी थिइन् ः तपाईं र मेरो वास्तविक फेरो एउटै हो । म आज यो मरूभूमिको बिचमा तपाईंको साथ पाएर धेरै खुशी छु । हजुरलाई मेरो जीवनको मेरुदण्ड ठानेकी छु । हाम्रो यो नजिकताले हामी जीवनसाथी पनि हुन सक्छौं । तर धैर्यता अनिबार्य छ । उनको यो कुरामा म सहमत भेदिएँ।