जगत राम बर्देवा घायल
अन्तिम पत्र तिमीलाई
खै कसरी सम्बोधन गरौ मैले सम्बोधन गर्ने शब्दनै सकिसकेछन् । फेरि पनि जसो तसो सिला खोजेर सम्बोधन गर्ने जमर्को गर्दै छु । बैगुनी आई ……। निरासा र भावविह्वल मनलाई बियोगको डोरीले कसेर केही हदसम्म भए पनि अन्तिम बिदाईको हात हल्लाउनु अगाडी केही शब्द कोर्ने दुस्साहास गरेको छु । हो आई । मान्छेको जिन्दगी बिसाल र त्रासयुक्त सुनामीको छाल सरह रहेछ । झन् त्यसमा पनि गरीबको यो संसारमा खुलेर जिउने अधिकार यहीको संस्कारबाट नै खोसिएको रहेछ । जहाँ जातभात सानो ठूलो बिभाजित गर्ने कुसमाजले गर्दा सोझोपनको फाईदा उठाउनेहरू भेटिन टाढा धाउँनु नपर्ने रहेछ ।
आज तिमी पनि मेरो चोखो र निश्चल मायालाई माटोमा मिलाउन सहभागी भएकीमा कोटी कोटी धन्यवाद दिनै पर्छ मैले । म आफै भन्ने गर्थे बिगतलाई थाती राखी वर्तमानमा संघर्ष गर्दै भविष्यको लागि जिउनु नै जिन्दगी हो । तर हैन रहेछ, त्यो सुन्दर अतितलाई कसरी सजिलै बिर्सन सकिंदो रहेछ। र बिगतमा बिताएको रमाईलो पल अनि एक अर्काको हातमा हात थमाएर गरेका बाचाहरू त्यति सजिलै भुल्न कठिन हुदो रहेछ ।
अन्तिम ईच्छा
पौरखी मेरा हातहरूले साबेल हान्दै रहर जोड्छु
साहुको ऋण तिरेकै दिन जे सुकै होस् कतार छोड्छु
पल भर बस्न चाहन्न म परायको माटोमा यहाँ
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥
स्वदेशमा भिजाउँछु माटो बरु आफ्नै रगत पोखेर म
किन गर्थें अर्काको गुलाम् देशको मायाँ बोकेर म
साहुकै ऋण तिर्नलाई मैले यहाँ दुःख गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥
मनले नमान्दा नमान्दै पनि केही शब्द उनैको निम्ति
कसरी लेखौं बितेका कुरा अतीत बल्झाउनु भन्दा भावी दिनहरूको प्रतिक्षानै उचित होला । कसैलेबाटो मोडे भनेर निर्दोस आत्मालाई निर्मम हत्या गर्ने विवश मनलाई आखिर कोही कसैको साहारा नबने पनि यो धर्तीमा जीवित राख्ने निरिह प्राणी म वास्तबमा भन्नै पर्छ मेरो ईच्छा आकांक्षा तनमन मानौ दुःखदेखि आँशुसम्म खुशीदेखि हाँसोसम्म उनैको पोल्टामा राखिदिन आतुर मनलाई वियोग र बिछोडको पीडाले डाम्नु पर्दा पनि मेरो उनै प्रतीको आशालाई आफ्नै मुटुभित्र समाहित गर्दै बदलिएको उनको बिचारलाई काँडेबार भएर अबरोध पुर्याउन उचित ठान्दिन म ।
मलाई पहिलो भेटमा भनेकी थिइन् ः तपाईं र मेरो वास्तविक फेरो एउटै हो । म आज यो मरूभूमिको बिचमा तपाईंको साथ पाएर धेरै खुशी छु । हजुरलाई मेरो जीवनको मेरुदण्ड ठानेकी छु । हाम्रो यो नजिकताले हामी जीवनसाथी पनि हुन सक्छौं । तर धैर्यता अनिबार्य छ । उनको यो कुरामा म सहमत भेदिएँ।
