Skip to content


झुप्रो छोडी महलतिर सर्नेलाई के भनौं
रुपीयाँले खाली ठाउँ भर्नेलाई के भनौं ।।

मुटुभित्र धड्कनसँगै मनको भाव बिर्सिएर
जता हरियो उतै उतै चर्नेलाई के भनौं ।।

गगनचुम्बी सपनाले सजिएको मस्तिष्कमा
बिषै बिषको बिषादी छर्नेलाई के भनौं ।।

मिठो हाँसो मधुर बोली त्यसै भित्र लठ्ठिएँ म
एक्कै पलमा बिश्वाशघात गर्नेलाई के भनौं ।।

कम्जोरी मेरै भन्छु तन मन सबै दिएँ
गरीबीको भबिष्य हर्नेलाई के भनौं ।।

मैले भने उनैको नाम निधारमा लेखिसकेँ
छुवाछुतको पर्खाल भित्र पर्नेलाई के भनौं ।।

जगत राम बर्देवा (घायल)
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *