बामे सर्दै जिउँछु हात तान्नेहरू पाएँ
एक्लो मनलाई पिरतीले बान्नेहरू पाएँ ।।
होईन स्वार्थी संसार अब मेरो निम्ति मात्रै
पराई हैन आफ्नो मान्छे ठान्नेहरू पाएँ ।।
सत्य यूगका राम सीता कलियुगका हामी
जीवनसाथी महामानव मान्नेहरू पाएँ ।।
अनायसै सोचिरहेँ भुल परेछु म त
मनलाई छोडी धन पैसा छान्नेहरू पाएँ ।।
बनावटी मायाँ रैछ संसार भुले मैले
मुटु छामी सिधै छुरा हान्नेहरू पाएँ ।।
जगत राम बर्देवा (घायल )
दोहा कतार
