सक्छौ भने सडक बन्द रोक नेता हो
कि छातीमा सिधै गोली ठोक नेता हो ॥
अझै लासको खाँचो भए जनता भुट है
देशको बजेट सोरसार पारी बोक नेता हो ॥
जनता मरे छाक न जुठो देशै खानेलाई
जति सक्छौ लाद्रो भर्न धोक नेता हो ॥
सहिदको सपनालाई फेरि मारिसक्यौ
किन फेरि जनता मर्दा शोक नेता हो ॥
सडक बन्द महंगीले भाउ चुली हुँदा
पैसा हुने मेटाउँछौ भोक नेता हो ॥
सक्छौ भने सडक बन्द रोक नेता हो
कि छातीमा सिधै गोली ठोक नेता हो ॥
जगत राम बर्देवा घायल
पृथ्वीनारायण न पा १० गोरखा
हाल: नबोदित साहित्यिक वाचनालय
फेब्रुअरी ८, २०१०