Skip to content

बाबु काजी भण्डारी (निर्दोष)

आक्रोस

माटो खोस्री, पानीमा मुछिस, सुन्दर खेलौना बनाईस्
सपनाको महलमा, उही पुरानो ताजमहल सजाईस्
खांदैना बरु गिद्दले जिउदो सिनो, तैले जिउदो लाश खाईस
आज मार्छस, भोलि के मार्छस, पर्सि तँ आफै मर्छस् ।

आहट

चिठ्ठी आयो
शुभ-सन्देश गोप्य
तिता- मिठा कोशेली खुशी जो !
शिमा नाग्यो, क्षणिक उमंग !
श्री गणेशाय नम:
निहाले सन्देश देशको-
छर पट्ट संस्कृति परम्परा-
भद्रगोल नीती न्याय-
जलाम्मे-जल रगत-
नासिदो सस्कार, बढ्दो अत्याचार ।

आत्माको इच्छा

म कवि बनुँ या नबनुँ
मेरो डायरीमा कविता लेखिएको हुनुपर्छ ।
म गायक बनुँ या नबनुँ
मेरो गीत कोइलीको स्वरमा गुन्जिएको हुनुपर्छ ।

सपना

जिन्दगीको यो सुन्दर सपना
षावनको बाडी शौंलेर न शौंलिनी भयो
माम्सपिन्डको यो मन्दिरमा
स्तम्भ बनि यो सपना सजी रहयो /

मुटुको दीयोमा रगतको बर्तन
आशाको बाटीमा ज्वाला जली रहयो
आत्माले साँची जोगाएको सपना
छरपट्ट भै अन्नतमा छहरी रहयो /

क्षितिजमा यो टल्कियको भावाना
सुन्दर दृष्टि नयनले बनायो
सत्यताको चावीले थुनेको सपना
अन्धकारको आंदिवेरी बनी गयो /

ह्रदय जोती रोपेको सपना
आँसु र पसिनाले हुर्कायको
खुशीको सयलमा जीन्दगीको सपना
छाती बज्जरी भयंकर पैरो गयो /

बाबु काजी भण्डारी
यु ए इ दुबाइ

सन्देश

जीवन आत्माको मन्दिर
सजाऊ मुर्ति जसरी सजाउछौ ?
जीवन प्रेमात्मको दूत
देऊ सन्देश जसरी दिन्छौ |

हे परमेश्वर ! को हुँ म ?
जीवन यो मार्ग, बटुवा म |

जीवन प्रकृतीको सृस्ति

सत्य छ यो बह्रामाको लिला,

सत्य छ यो बह्रामाको लिला,
कसम खाएर भन्छु म धर्मको,
सत्य लुकाउन किन? झुट बोल्नु पर्छ,
सुर्य छन् साँक्षी दिनमा-
तर म साँक्षी होइन मेरो ।