जीवन आत्माको मन्दिर
सजाऊ मुर्ति जसरी सजाउछौ ?
जीवन प्रेमात्मको दूत
देऊ सन्देश जसरी दिन्छौ |
हे परमेश्वर ! को हुँ म ?
जीवन यो मार्ग, बटुवा म |
जीवन प्रकृतीको सृस्ति
जोगाउ सृस्ति जसरी जोगाउछौ |
जीवन ब्रह्रमाण्डको रथ
गर यात्रा जसरी गर्छौ |
हे जन्मदाता ! को हुँ म ?
जीवन यो मार्ग, यात्री म |
जीवन सं-शर्गको भण्डार
शेष छोड जसरी सक्छौ |
जीवन अन्तिमको लास
बचाउ जीवन जसरी बचाउछौ |
हे सृस्तिकर्ता ! को हुँ म ?
जीवन यो मार्ग, दास म |
