क्षण संग पहल अनि धडी बित्यो
धडी घडीमा चौबिस घडी बित्यो
दिन र रात साथै साता बित्यो
तर यो दु:खीको जिन्दगी किन बितेन ?
र्मिमिरेमा बिहान लगातै मध्यान बित्यो
प्रभातकाल मध्यानको कलन्तामा बित्यो
मौन कालन्तको साता पछी मास बित्यो
तर यो पापीको जिन्दगी किन बितेन ?
साता र मास भन्दै बाह्र मास बित्यो
बाह्रमासमा साल, सालको युग बित्यो
तिन सय मासको सिल्भर ज्यूब्ली बित्यो
तर यो अभागी कर्मको जिन्दगी किन बितेन ?
छ सयको गोल्डन ज्यूब्ली पछी शताब्दि बित्यो
बाह्र सयको बाह्र मासको सताब्दियौ बित्यो
शताब्दियौको शताब्दिमा पनि जुग जुग बित्यो
तर यो संसारको मिथ्या जीवन किन बितेन ?
निर्दोष
