म तुफान आंधी भए-
तिमी पहाड बनी रोकिदेऊ l
म बर्षातको वर्षा भए –
तिमी धर्ती बनी थामिदेऊ l
म मेधाको स्वर गर्जिए-
तिमी शान्ती बनी सुनिदेउ l
म अघोर अन्धकार भए –
तिमी चाँदनी रोसन छोडिदेउ l
म मन्दिरको पुजारी भए –
तिमी सुन्दर मन्दिर सजीदेउ l
म अज्ञानको आधार भए –
तिमी ज्ञानको ज्वोती जलाइदेउ l
म कलमको मसी भए-
तिमी कागजमा कला रची देउ l
म मनको कवि भए-
तिमी विवशताको कविता बनिदेउ l
म चौबाटोको भिखारी भए –
तिमी दाता बनी गुजरिदेउ l
म रफ्तारको यात्री भए –
तिमी करीबको मन्जिल बनिदेउ l
