माटो खोस्री, पानीमा मुछिस, सुन्दर खेलौना बनाईस्
सपनाको महलमा, उही पुरानो ताजमहल सजाईस्
खांदैना बरु गिद्दले जिउदो सिनो, तैले जिउदो लाश खाईस
आज मार्छस, भोलि के मार्छस, पर्सि तँ आफै मर्छस् ।
छैन नसिवमा तेरो हाँसो, आँसुको धारा सिवाए
पाउदैनस् हृदयको खुशी, दु:खदको शोक सिवाए
गर्छस् भाषण शान्तिको, आगोको ज्वाला बाल्छस्
आज मार्छस, भोलि के मार्छस, पर्सि तँ आफै मर्छस् ।
वुद्धिजीविको नाममा राक्षस जन्मेको रहेछस्
पुरुषको स्वरुपमा नामर्द, हतियारको साथ लिन्छस्
सुन्दर शृष्टिको बाटोमा तँ नरसंहारमा पर्छस्
आज मार्छस्, भोलि के मार्छस्, पर्सि तँ आफै मर्छस् ।
कस्तो दुष्ट छोराको मलामी बाउलाई बनाईस
धिक्कार छ, आफ्नै आमालाई विधुवा बनाईस
तैंले एक हैन, हजारौलाई टुहुरो बनाईस
आज मार्छस्, भोलि मार्छस्, पर्सि तँ आफै मर्छस् ।
के लड़छ शोषकविरुद्ध, शोयम शोषक छस्
कसलाई गर्छस् सहयोग, सहयोगीको हात काट्छस्
किन बांच्छस् अब, तँ मर्दा मलामीको खाँचो पार्छस्
आज मार्छस्, भोलि के मार्छस्, पर्सि तँ आफै मर्छस् ल
”निर्दोष” भण्डारी
