Skip to content


चिठ्ठी आयो
शुभ-सन्देश गोप्य
तिता- मिठा कोशेली खुशी जो !
शिमा नाग्यो, क्षणिक उमंग !
श्री गणेशाय नम:
निहाले सन्देश देशको-
छर पट्ट संस्कृति परम्परा-
भद्रगोल नीती न्याय-
जलाम्मे-जल रगत-
नासिदो सस्कार, बढ्दो अत्याचार ।

गुहार…………………….
कसम भागवातगीताको-
चितामा जन्मभूमि-
राख शहिदको सपना-
अन्य जन श्रध्यान्जलिमा
स्यालको शोक, विरालो मलामी ।

यथार्थ ……………….
लीला जनउद्दारको-
बाघको सुगन्ध जन-सिनु-
भय भयङ्कर आफैमा आफ्नु-
सिंगे गृहमा मेला नरसिंहको-
अन्धकार राहत दीनमा उत्सव राक्षसको ।

यथावत………………………………..
सत्य सृस्तिको-
अटुट थकित-
पिडा बेथा शादियों शदि-
बदली पत्र पत्र क्षितिज आश्वासन-
बिहानीको उदय, बाध्यताको संध्या-
आशा एउटा न्याय, शान्ति, सुरक्षा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *