Skip to content

कृष्णचन्द्रसिंह प्रधान

स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

  • by

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् ‘गोठाले’ ।

उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ

  • by

दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?

विगतका गल्ली गल्छेंडा हुँदै

  • by

सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्‍यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ ।
यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग गर्दैछु । किनभने वाध्यताको विरोध गर्नुभनेको आफ्नो अवस्थाप्रति अज्ञानता दर्शाउनु हो । त्यस्तो म थिइन । घरको परिस्थितिबाट अनभिज्ञ नहुनाले निदानको लागि यो विकल्प रोजेको थिएँ । साहित्यमा मेरो संलग्नताले यसको सङ्केत गर्छ ।

शेक्सपियर, हामी र मर्ने सालिकहरू

  • by

बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उन

अँध्यारो पनि उज्यालो लाग्छ

  • by

सारा आप्तवचनलाई डस्टविनमा हालिदिउँ कि जस्तो झोँक चल्छ कहिले । आगो लगाएर सल्काइदिउँ कि जस्तो पनि जङ चल्न थाल्छ कहिले । हो म कहिलेकाहीँको कुरा गर्दैछु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ । उन्नाइसौँ शताब्दीका एकजना अमेरिकन कविको उक्ति छ मृत्यु नै सौन्दर्यको जननी हो । आत्प्रवचन लाग्ने यस भनाइमा अनुगुञ्जित विपरीत विचार र यसको मौन विद्रोहले म आकषिर्त हुन्छु । अवधारणामै पैरो गएजस्तो लाग्यो ।

जिन्दगीको खोजी

  • by

कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर ।

बेलायत यात्राको साहित्य

  • by

शीतकालीन जाडो र वषर्ायामको झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि छोइँदा तरङ्गति हुन्छु । सागै निशा थिइन्- मित्रपत्नी । यहाँको जलवायुमा रङ्गसरि आफूलाई घोलेर एकाकार भइसकेकीले उनलाई असजिलो लाग्दैन ।

गठेमङ्गल आँखा र सालिक भञ्जन

  • by

गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।

आऊ हामी अपराध गरौं

  • by

बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु ।
म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क भन्छु । यथार्थ त कसैलाई मार्नु पर्दाेरहेछ । कस्तो विडम्बना ! अपहरण नगरी सुन्ने होइन । बन्द नगरी कसैले र्टर्ेनै छाडिसके । बिनातोडफोड उजुरी लाग्दैन । होइन के भएछ अचेलका मान्छेलाई –

प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक

  • by

लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र त्यसअनुसार बनिदिएका लेखक हौँ हामी भन्नलाई ?